नेकपा सचिवालय सदस्य बामदेव गौतम

उपनिर्वाचनमा नेकपाले सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेपनि सो परिणामबाट उत्साहित हुन नहुने-बामदेब गौतम

Hollywood Khabar December 06,2019 Comments

२१ मंसीर काठमाण्डौं। नेकपा सचिवालय सदस्य बामदेव गौतमले उपनिर्वाचनमा नेकपाले सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको भएपनि सो परिणामबाट उत्साहित हुन नहुने बताएका छन्।हामीले विगतमा जितेका मध्ये महत्वपूर्ण भक्तपुरको एक प्रदेशसभा सदस्य,धरान उपमहानगरपालिकाको प्रमुख र चितवनको एक वडाध्यक्ष जोगाउन सकेनौँ।विगतमा हामीले गठनबन्धन गरेर चौतर्फीरुपमा विजय हासिल गरेको चितवन जिल्ला,जहाँ हाम्रो पार्टीका एक अध्यक्षको गृह जिल्ला पनि हो,त्यहाँ गुमाएका छौँ।अर्घाखाँची र दाङमा पनि केही स्थान गुमेका छन्।पार्टीको यही मङ्सिर १८ गतेको सचिवालय बैठकले समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको छ,त्यो प्राप्त भएपछि मङ्सिर २३ गतेका लागि तय भएको बैठकमा यसबारे छलफल शुरु हुनेछ।

सरकारसहित हामी निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थानहरु गुम्न पुगेका छन्।हामीले त्यो स्थानलाई जोगाउँदै नयाँ ठाउँमा पहुँच स्थापित गर्न सक्नुपर्नेमा त्यो सकेनौँ।नसक्नुले हामी सरकार र पार्टी काममा लोकप्रियताको कसीमा खाँटी हुन सकेको देखिँदैन।त्यसकारण निर्मम भएर समीक्षा गर्दा सरकार र पार्टीले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट देखिन्छ।आगामी निर्वाचनमा थप स्थान गुमाउनुपर्ने खतरा उत्पन्न हुन सक्छ।