साङ्केतिक तस्बिर ;साभार वेब

एक लाख घुससहित इञ्जिनियर पक्राउ

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ सप्तरी।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकाश श्रेष्ठलाई घुससहित बिहीबार रङ्गेहात पक्राउ गरेको छ।प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको टोलीले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेकाे आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए।

कुन ठाउँको झोलुङ्गे पुल रहेको भने खुलाइएको छैन।उक्त टोलीले पुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा एक लाख घुससहित श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।