तस्बिर साभार वेब

आठ हजार पब्लिक क्वारेन्टाइनमा, १२० आइसोलेसनमा

Hollywood Khabar April 03,2020 Comments

२२ चैत,काठमाडौं।कोरोना भाइरसको संक्रमणको शंका भएका र विदेशबाट आएका करिब ८ हजार सर्वसाधरण सरकारले बनाएको क्वारेन्टाइनमा बसेका छन्।क्वारेन्टाइन मा बस्नेको संख्या दिनप्रतिदिन बढीरहेको छ।गृह मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक करिब एक हजारका दरले बढेको छ।‘देशभरी करिब ८ हजार जना पब्लिक क्वारेन्टाइनमा बसेका छन्,’गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भन्छन्,‘क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढीरहेको छ।’

१ चैत्रपछि विदेशबाट आएकालाई अनिवार्य रपमा क्वारेन्टाइनमा बस्न सरकारले भनेको छ।त्यस्तै संक्रमितसँगै जहाजमा आएकाहरु समेत क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बस्ने मध्ये करिब दुई हजार सैनिक प्रहरी मात्र छन्।बिदाबाट फर्किएकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा रहेनेमा धेरै जसो भारतबाट आएकाहरु छन्।कतिपयलाई सीमा क्षेत्रमा तथा केहीलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन्। विदेशबाट आएका सबैलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ।स्थानीय तहहरुले विदेशबाट आएका करिब ६० हजारको विवरण संकलन गरिसकेको छ।१ चैतयता तेस्रो मुलुकबाट मात्र करिब १५ हजार जना आएका थिए।उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनिएको छ।जसमध्ये कतिपय होम क्वारेन्टाइनमा बसिएको भनिएपछि त्यसको प्रभावकारी रुपमा अनुगमन हुँंदा संक्रमण फैलने जोखिम छ।

सबैभन्दा धेरै सुदुरपश्चिम र कर्णाली प्रदेशमा सर्वसाधरण क्वारेन्टाइनमा छन्।जहाँ २/२ हजारको संख्यामा छन्।गण्डकी प्रदेशमा करिब १२ सय तथा प्रदेश १, २, बाग्मती र कर्णालीमा ८-८ सय जना क्वारेन्टाइनमा छन्।