Nepal Army Official LOGO

उप-प्रधानमन्त्री एवं रक्षामन्त्रीबाट जाजरकोट-डोल्पा-दुनै यातायात संचालन समुद्घाटन

Hollywood Khabar November 19,2018 Comments

राष्ट्रिय प्राथमिकतामा रहेको नेपाली सेनाद्वारा निर्माणाधिन जाजरकोट-डोल्पा-दुनै सडक आयोजनाको आज मिति २०७५ मंसिर ०४ गते डोल्पा जिल्लाको त्रिपूराकोट छलगाड चौरमा भएको विशेष कार्यक्रममा उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ट्रयाक एवं यातायात संचालनको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा पनि सहभागि हुनु भएको थियो।

डोल्पा जिल्लालाई पहिलो पटक सडक संजालमा जोड्ने ११७.७७ कि.मि. सडकको निर्माण कार्य नपाली सेनाले २०६६ फाल्गुन २७ गतेबाट शुभारम्भ गरेको थियो । सडक आयोजनाको समुद्घाटन कार्यक्रममा नं. ६ प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठ, नेपाल सरकारका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सडक आयोजनाको समुद्घाटन कार्यक्रम पश्चात माननीय उप-प्रधान एवं रक्षामन्त्री पोखरेल काठ्माण्डौं फिर्ता हुनु भएको छ । प्रधानसेनापति थापा निरिक्षणको लागि आजै नं. २४ वाहिनी अड्डा अन्तरगत मुगु जिल्लाको रारास्थित श्रीदल गुल्म तर्फ प्रस्थान गर्नु भई निरिक्षण पश्चात २०७५ मंसिर ०५ गते काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको कुरा सेनाको बिज्ञप्तिमा उल्लेख छ ।