Sarala Kadel

दुर्गुणीको मित्रताले जगै देखि ढल्न पुग्छ

Hollywood Khabar January 09,2019 Comments

सरला कडेल
लगनशिलको जीवनमा मिहेनतको फल फल्छ
ढुकुवाको आशै आशामा बेमौसमी कपाल फुल्छ
 
फराकिलो सोचाइले गाउँ पनि सहर हुन्छ
श्रमगर्दा राम्रो लाउँछ मीठो भान्छा उस्कै पाक्छ
 
खान मात्र खोज्ने अल्छि रहर बोक्दै जीउँदै मर्छ
इमान्दारको सफा दिलले मुस्कान दिंदै सेवा गर्छ
 
मूर्ख धेरै बढे भने जनधनको सखाप हुन्छ
बाटो बिराई अन्त लागे आफैलाई भार हुन्छ
 
कुपात्रले बाटो फेर्दा पछि लाग्ने दु:खी हुन्छ
अगुवाको कुबुद्धिले जीन्दगी नै बेकार हुन्छ
 
राम्रा राम्रा संगत भए जीवन उपहार हुन्छ
दुर्गुणीको मित्रताले जगै देखि ढल्न पुग्छ