-तस्बिर वेब

दुर्गा मुर्ति बिर्सजनका क्रममा दुईपक्षबीच विवादपछि कर्फ्यू आदेश जारी

Hollywood Khabar October 20,2018 Comments

४ कात्तिक कपिलवस्तु।कपिलवस्तुको कृष्णनगरमा दशैँको दिन दुर्गा भगवतीको मुर्ति बिर्सजनका क्रममा दुईपक्षबीच विवादपछि कर्फ्यू आदेश जारी भएको छ।विवादपछि तनावग्रस्त बनेको कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रशासनले आज बेलुकी ५ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।

पूर्वमा सेमरा, पश्चिममा झण्डेनगर र उत्तरमा बडेया पोखरी तथा दक्षिणमा दशगजा चौकिल्ला कायम गरी कर्फ्यु लगाईएको प्रहरीले जनाएको छ।प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले जनजीवन सामान्य भएपछि कर्फ्यु हट्ने जानकारी दिए।

दशैँको दिन कृष्णनगर बजारमा दुर्गा भगवतीको मुर्ति विर्सजनका क्रममा भीडलाई लक्षित गरी ढुंगा प्रहार भएपछि कृष्णगनर बजार तीनदिनदेखी तनावग्रस्त छ।घटनामा दोहोरो झडप हुँदा भन्सार कार्यालय तोडफोड भएको छ।