https://www.youtube.com/embed/6gSbqVuZi1Q

-इजरायलको झ्याल् बाट अन्जली अधिकारिलाई हेर्दै दुर्गा बिसी

इजरायलको झ्याल् बाट अन्जली अधिकारिलाई हेर्दै दुर्गा बिसी

Hollywood Khabar March 24,2020 Comments

मार्च २५, २०२०

झण्डै सात वर्ष देखि इजरायलमा पसिना बगाउदै आएका युवा गायक तथा सर्जक दूर्गा बि.सि. बाग्लुङ जिल्लामा जन्मिएका हुन्। बाबा दलबहादुर र आमा भद्रकलीका सन्तान दूर्गा बि. सि. सानै देखि लोकसङ्गीतकै अनुयायी थिए।

उनले आफ्नो साङ्गीतिक यात्राको दैलो उघार्दै २०६६ सालमा फोन गरन काली नामक लोकदोहोरी गीत रेकर्ड गराए। त्यस पछि क्रमबद्ध रुपमा उनले परदेशी छोरो, अङ्गुर पाकेको, जालेरुमाल धुम्ला मायालु, मृत्यु पछिको सिन्दुर जस्ता लोकदोहोरी गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिसकेका छन्। यी सबै गीतहरुलाई नेपाली दर्शक श्रोताहरुले अत्यन्त रुचाइदिएका छन्।लोकदोहोरी गीत बाहेक उनले पोहोरको तिजमा फुरुरु नामक तिज गीत पनि सार्वजनिक गरेका थिए।

सङ्गीतलाई आफ्नो कर्म र भविष्य सम्झने दुर्गालाई परदेशमा रहेर गीतहरु सिर्जना गर्न र बजार ब्यबस्थापन गर्न त्यति सहज भने पक्कै छैन। त्यति मात्र कहाँ होर इजरायलको स्टुडियोमा गीत रेकर्ड गराइ नेपाल पठाएर मिक्सिङ गर्दा कति पटक नमिलेर पुनः रेकर्ड गराउनु पर्ने झन्झट पनि बेहोर्नु परेको छ। सङ्गीत प्रतिको मोह, रुचि, साधना र लगावकै कारण यी सबै कठिनाई पार गर्दै उनी साङ्गीतिक यात्रामा अघि बढिरहेका छन् ।

दिन प्रतिदिन साङ्गीतिक बजार महङ्गीदो छ । जोखिम उठाएर गरेका लगानी मुनाफामा परिणत हुने सम्भावना ज्यादै न्यून छ। तैपनि उनी प्रवासमा रहेर रगत पसिना बगाएर जम्मा गरेको कमाइ सङ्गीतमा नै लगानी गर्न मन पराउछन्। त्यसो त उनी सङ्गीतलाई नाफा र नोक्सानको तराजुमा जोख्न भन्दानी मौलिक लोकसंस्कृतिको संरक्षण गर्न पाए आत्मसन्तुष्टि मिल्ने बताउछन्। सङ्गीत उनका लागि नशा जस्तै भैसक्यो। उनले आफैले सिर्जना गरेका धेरै गीतहरु अनुकुल समय र लगानीको पर्खाइमा छन्।

आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिने क्रममा भर्खर मात्र उनले झ्यालैमा नामक लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। गीतको भिडियो बजारमा नआउदै यसको अडियो टिकटकमा निकै रुचाइएको थियो। यस गीतमा लोकदोहोरीकै रानी भनेर चिनिने अनि सबैभन्दा महङ्गो पारिश्रमिक लिने लोकदोहोरी गायिका बिष्णु माझिको आवाज समाबेश गरिएको छ । यसर्थ पनि यस गीतले सफलताको शिखर चुम्ने कुरामा कुनै दुई मत छैन।

यस गीतका सर्जक बिमल अधिकारी बास्तबमा एक चर्चित र ब्यस्त मोडल हुन्। यद्यपि उनको खुबी भनु या बहुप्रतिभा पछिल्लो समयमा उनी आफै गीत सङ्गीत सिर्जनामा पनि लागेका छन्। त्यसो त यो गीतमा करौडौ दर्शक श्रोताले रुचाएकी मोडल अञ्जली अधिकारीको उत्कृष्ट नृत्य देख्न पाइन्छ। साथमा काजी सुन्दासको अभिनयले पनि सुनमा सुगन्ध थपिदिएको छ।