-दूरसञ्चार प्राधिरकण

दूरसञ्चार प्राधिरकणमा अध्यक्षका लागि दरखास्त खुल्यो 

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ, काठमाडौं।सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो । यसअघि अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले गत पुसमा राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएपछी सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ ।अध्यक्षमा योग्य उम्मेदवारले असार ९ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक उपाधि हासिल गरेका र ३० वर्षदेखि ६५ बर्ष ननाघेका व्यक्तिले आवेदन भर्न सक्नेछन् । टेलिकम क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव पनि अनिवार्य गरिएको छ । सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव हुनुपर्ने छ ।उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।