-नुवाकोटको दुप्चेश्वर गाउँपालिकाद्वारा उमेर समूहका छात्राहरुलाइ स्यानिटरी प्याड वितरण

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाद्वारा उमेर समूहका छात्राहरुलाइ स्यानिटरी प्याड वितरण

Hollywood Khabar January 10,2021 Comments

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले महिला, बाल-बालिका तथा शिशुहरुको स्वास्थ्य सबन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

जनवरी ११, २०२१ सोमबार पालिकाले पालिका भरिका महिनावारी उमेर समुहका छात्राहरु मध्ये १,१९९ जनालाइ सम्बन्धित बिध्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरु मार्फत स्यानिटरी प्याड बितरण गरेको छ। सो को वितरण तथा ब्यबस्थापन सम्बन्धि छलफल र नीतिगत ब्यबस्थाको जानकारी दिएपछि विभिन्न १७ सामुदायिक बिद्यालयमा ६,२१६ प्याकेट प्याड वितरण गरिएको हो। प्याड गाउँपालिका अध्यक्ष योबिन्द्र सिंह तामाङ र उपाध्यक्ष अन्जु आचार्य मार्फत हस्तान्तरण गरिएको थियो।