दु:खपर्दा आशाको दियो मधुरो बल्न थाल्छ -घिमिरे

Hollywood Khabar June 08,2018 Comments

-भूमी एस घिमिरे, जुन १८, २०१८

दु:खपर्दा;
आशाको दियो मधुरो बल्न थाल्छ
बेसरी हुरी चल्न थाल्छ
मुटुको धड्कन बढ्न थाल्छ
आफन्त जति तर्कन थाल्छन
मीत्रका मण्डली फर्कन थाल्छन
दु:खपर्दा आशाको दियो मधुरो बल्न थाल्छ !

यस्तै बेला;
साहसको घेराले दियो छेक्नुपर्छ
हल्लन नसक्ने गरि दियो गाड्नुपर्छ
साथ दिने आफन्तको बलमा
मुस्कानले मुटुको बेग रोक्नुपर्छ
तर्किने आफन्तलाई बिर्सेर
फर्किने मित्रलाई बिर्सेर
मुसुक्क हाँस्नुपर्छ!!

दु:ख पछि सुख पक्कै आउँछ;
आशा र भरोसाको दृढ संकल्प लिएर
मनको पीडा बढाएर होइन
मीठो संझनासंगै मुसुक्क हाँसेर बाँच्नुपर्छ !!!

दृढ संकल्पले;
दियो जल्न थाल्छ
हुरी भाग्न थाल्छ
दुरी नजिकिन थाल्छ
माया जाग्न थाल्छ
संगत मिल्न थाल्छ
नाता गासीन थाल्छ !!!!

अनि जीन्दगी;
सहज हुन थाल्छ
प्यारो लाग्न थाल्छ
दु:खपर्दा आशाको दियो मधुरो बल्न थाल्छ
सबै कुरा बिर्सेर मुसुक्क हाँस्नुपर्छ !!!!!