-तस्बिर वेब

धानको बोरामा लुकाइ राखिएको दुई थान पेस्तोल,३०३ राइफलको गोली सहित दुई जना पक्राउ

Hollywood Khabar December 07,2018 Comments

२३ मङ्सिर,लहान।हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको हो। 

गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल,३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो। 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो।अज्ञात समूहले रकम लुटपाट गरेको भनि गलत अफवाह फैलाएको आरोपमा प्रहरीले सिरहाको धनगढीमाई नगारपालिका–१० निवासी चितकुमार कामैतलाई पक्राउ गरी कारवाही चलाएको छ।