दुई युवतीमाथि सामूहिक बलात्कार !

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

171 views
-सांकेतिक तस्विर

९ असार,रुपन्देही।रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ।गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेका हुन्।पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले घटना ढिलो  बाहिर आएको बताइएको छ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

घटना विवरणअनुसार ती दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन्।अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए।भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीय जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन्।गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको बताए।सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ ।