दिपक अभिमन्यू

दुई छेस्का:खुशी

Hollywood Khabar November 19,2017 Comments

हर बिहान फूलसंगै मुस्कुराईदिनु‚मेरो खुशी त्यहि छ।
हर सुर्योदयसंगै उज्यालो ल्याईदिनु‚दीपक त्यहि छ।।

सारा संसारले चक्रव्यूह रचे’नि फस्दैन यो अभिमन्यू ।
हृदयको ढोका खुल्लै राख्नु‚जिन्दगी र खुशी त्यहि छ।।
ऽऽऽऽऽऽऽऽऽऽऽ
यो जीवनको पात पातमा शित झैं टलपलाएको छौ ।
पूर्णिमाको जुनझैं अन्धकार हटाउँदै जगमगाएको छौ ।।

आफुलाई बिर्सिएर‚ भुलेर आफ्ना पीडाहरु‚ खुशी छर्दै ।
मेरो खुशी‚मेरो जिन्दगी तिमी‚कणकणमा छाएको छौ ।।