शान्ति शर्मा

दुइ मुक्तक

Hollywood Khabar December 11,2017 Comments

हार दिन्छु भन्दिन म पसिनाको साटो
सार दिन्छु नया बोट सिर्जनाको माटो,
सपनाको बगैंचामा हिँड हाँसीहाँसी 
मुटु दिन्छु बोकि जानू कीर्तिशाली बाटो!!!

******* 
आकाशको हाँसीराख्ने जून हजुरलाइ,
क्षितिजमा पर्खिबस्ने मनसुन हजुरलाइ,
म फूल,हजुर माली के छ र दिउँ अरु त,
मेरो दिलको अजम्बरी धुन हजुरलाइ !!