डुबानमा कुलेश्वर:डुङ्गा लगेर उद्धार गर्दै सेना

0
shares

by editor (editor@gmail.com) | Updated: 12 Jul 2019

38 views
तस्बिर वेब

२७ असार,काठमाडौं।निरन्तरको वर्षाका कारण काठमाडौंको कुलेश्वर क्षेत्रमा डुबान भएको छ।कुलेश्वरस्थित ओरियन्टल कोलोनी सहितको भूभाग जलमग्न भएको हो। कुलेश्वरमा रहेका कुलेश्वर अपार्टमेन्ट, म्याट्रो अपार्टमेन्ट र  ओरियन्टल कोलोनी डुबानमा परेपछि नेपाली सेनाले रबर बोट (डुङ्गा) लगेर स्थानीयबासीको उद्धार गरिरहेको छ।  

स्थानीयबासीका अनुसार कुलेश्वर क्षेत्रका अधिकांश घरमा पानी पसेको छ।पहिलो तल्ला पुरै डुबेपछि स्थानीयको उद्धारमा सेना र प्रहरी पुगेका स्थानीयबासी सुनिल श्रेष्ठले जानकारी दिएका छन्। बाढी पसेपछि स्थानीयका सामान डुबेका छन। बाढीले ग्यासका सिलिण्डर, भाँडाकुँडा र अन्य सामान बगाएको छ।

'डुबान भएपछि कुलेश्वरको ओरियन्टल कोलोनी क्षेत्रमा २ ट्रक सेना र सशस्त्र प्रहरी खटिएका छन्', श्रेष्ठले थाहा खबरसँग भने, 'बल्खुको बोक्सी दह हरेक वर्ष उर्लेर आउँछ। ग। ओरियन्टल कोलोनी बोक्सी दहकै छेउमा भएकाले हरेक वर्ष डुबानमा पर्छ।'