NRNA: डा पौडेललाई डा के सीको पत्र बिज्ञ सम्मेलन रोकिने खतरा

Hollywood Khabar April 18,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का महासचिव डा बद्रि के सीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका अध्यक्ष डा केशब पौडेललाइ एक इमेल लेखेर स्पस्टिकरण माग्नु भएको छ।
एनसीसी अमेरिकाका अध्यक्ष डा पौडेलले गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको गत क्षेत्रीय सम्मेलनमा अधिकारको दुरुपयोग गरि संघसंग संबन्ध नभएका र कुनै सरोकार नराख्ने व्यक्तिलाई आते-जाते र होटल खर्च समेत दिने गरि बोलाएको निमन्त्रणा पत्रले बजार पिटेको छ।
यसै बिषयलाई लिएर सर्वत्र बिरोध भएको कारण संघलाइ बदनाम भएकोले छानविन गर्न संघको काठमाण्डौ कार्यालयमा निवेदन समेत दर्ता भएको छ। संघका अन्तराष्ट्रिय महासचिव डा बद्रि के सीले इमेल मार्फत एनसीसी अमेरिका अध्यक्ष डा पौडेललाई स्पस्टिकरण दिन पत्र लेख्नु भएको जानकारी हलिउडखबरलाइ प्राप्त भएको छ।
यति मात्र होइन २०१५-२०१७ कार्यकालकी उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रबिना थापाले आफ्नो वकिल मार्फत २०१७ को निर्वाचन प्रमुखलाइ १५ दिने अल्टिमेटम पत्र पठाउनु भएको छ। जवाफ चित्त बुझ्दो नआए एनसीसी अमेरिकाको आसन्न साधारण सभा पनि रोकिने छ। त्यो मात्र होइन सदस्यता लगायतका आर्थिक पारदर्सी नभएको लगायत बिषयमा आन्तरिक राजश्व (IRS), टेनेसी अदालत लगायत सबै न्यायिक र अन्य निकायको ढोकामा पुगेन र त्यसको लागि सबै तयारी गरिएको छ-थापाले भन्नुभयो। यसै बिषयलाइ गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदमा समेत जानकारी गराइएको समेत बताउनु भयो।
यसै बीच गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको गत काठमाण्डौ निर्वाचनमा अमेरिकाज क्षेत्रको एनसीसी अमेरिकाको डेलिगेट्स छनोट र अन्य धेरै कुरामा न्याय नभएको, भेदभाव र पक्षपात गरेको र त्यसैका कारण निर्वाचनको नतिजा अनर्थको आएको जस्ता थुप्रै कारणले तत्कालिन निर्वाचन टिमका बिरुद्ध नेपालको सर्वोच्च अदालतमा मुद्धा दर्ताको तयारी समेत भएको जानकारी हलिउडखबरलाइ प्राप्त भएको छ।
मुद्धा मात्र नभएर संघको वर्तमान अमेरिकाज क्षेत्रको नेतृत्व र यसका सम्पूर्ण गतिबिधि रोकिदिन समेतको आदेश सहित आउने भएको जानकारी प्राप्त भएको छ। त्यसैको प्रतिफल संघको अमेरिकाज क्षेत्रको बिज्ञ सम्मेलन समेत प्रभावित हुने भएको छ।