-NRNA NCC USA:डा प्रकाश अर्याल ICC सदस्य उम्मेद्धार

NRNA NCC USA: कोषाध्यक्ष डा प्रकाश अर्याल ICC सदस्यका उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

विकाश थापा/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान कोषाध्यक्ष डा प्रकाश अर्यालले ICC सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

अहिले अमेरिकाको नेपाली समुदाय, एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्बाचनको माहोलमा जसरी होमिएर तातेको छ त्यो भन्दा बढी चर्चाको बिषय बन्नु भएको छ बर्तमान कोषाध्यक्ष डा प्रकास अर्यालको।

नेपालको स्याड्जा जिल्लाको सामान्य गाउँमा जन्मनु भएको अर्याल नेपाल देखि अमेरिका सम्म आएर यो स्थान सम्म आईपुग्न आफुले निक्कै संघर्ष ,दु:ख र मेहनत गरेर बताउनु हुन्छ। अमेरिकाको मेरिल्याण्ड बिश्वबिध्यालयको रेडियसन अनकोलोजि बिभागका सहायक प्राध्यापक उहाँ गैह्र आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने (२०१९-२०२१) सम्मको कार्यकालको लागी एनआरएन आइसीसी सदस्यमा आफ्नो उमेदवारीको घोषणा गर्नुको साथै मनोनयन दर्ता पनि गरिसक्नु भएको छ ।

सन् २०१४ मा केनटकी बिश्वबिध्यालयबाट फिजिक्समा बिध्याबारिधि (Ph.D) गर्नु भएका डा अर्याल अहिले संसारमै प्राणघातक रोग बनेको क्यान्सरको नयाँ उपचार बिधि रेडियसन अनकोलोजीको बिशिष्ट बिशेषज्ञ समेत हुनुहुन्छ ।

नेपालमा पनि त्रिभुवन बिश्वबिध्यालयमा अध्यापन गराउनुको साथै नेपालकै पुरानो वीर हस्पिटलमा रेडियसन सेफ्टि अफिसर भएर काम गरिसक्नु भएको छ भने हाल उहाँ अमेरिकामा यूनियन हस्पिटलमा पनि कार्यरत हुनुहुन्छ। उहाँले भारतको बम्बई बिश्वबिध्यालयबाट पनि रेडियोलोजिको थप अध्ययन गर्नुभएको छ। एनआरएनए अमेरिकाको बर्तमान कोषाध्यक्ष अहिले नेपाली डायस्पोरमा चर्चित ब्याक्तित्वहरू मध्ये एक हुनुहुन्छ ।

अमेरिकन एसोसिएशन अफ फिजिक्स इन मेडिसिन (AAPM) सदस्य उहाँ अमेरिकन ब्राचेथेरापि सोसाइटी (ABS) पनि आवद्द हुनुहुन्छ । उहाँले फोरम अफ नेप्लिज इन अमेरिका ( FONS ) र केनटुकि नेपाली सोसाइटि ( KNS ) दुबै संस्थाहरूको अध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ।

उहाँको दक्षता र क्षमताको फाइदा अमेरिकी नेपाली समुदाय र नेपालले पनि लिन सक्नु पर्छ । एनआरएन अमेरिकामा अव "हाम्रा लाई मात्र होइन ,राम्रा लाई पनि अवसर दियौ " भन्ने परिपाटि बसाउन सकियो भने सक्षम र इमान्दार ब्याक्तिहरूले एनआरएन अमेरिका हाँक्दा संस्था र समाज दुवैलाई फाईदा हुन्छ ।

तसर्थ उहाँ जस्तो, सक्षम,योग्य, उर्जासिल, क्षमतावान र अनुभवी ब्याक्तित्वलाई अवसर दिएर अगाडी ल्याउनु तपाई हामी सबैको मुख्या कर्तव्य पनि हो । उहाँले यस अघि नेपाल पनि जिम्मेवार पूर्ण पदमा बसेर देश तथा समाजको सेवा गर्नुभएको राम्रो र लामो अनुभव पनि छ उहाँ सँग। उहाँका यी अनुभव, सोच, कार्यायोजनाहरू एनआरएन अमेरिकालाई भोलि चुस्त, दुरुस्त सेवामुखि बनाउँन अति नै उपयोगी सिद्द हुनेछन्।

तसर्थ एक सफल, सक्षम र क्षमतावान ब्याक्तित्वलाई अवसर दिएर एनआरएन अमेरिकालाई आगामी दिनमा बिधि ,बिधान ,नीति नियममा हिड्ने, भ्रष्टचार र अनियमितता मुक्त, सबैको साझा र सहयोगी संस्था बनाउन उहाँलाई निर्बाचित गरि सहयोग गर्न आवश्यक छ ।

नेपाली समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन पनि खोजि रहेको छ । यो समाज र समयको माग पनि हो । सकरात्मक परिबर्तनको अपेक्षा गर्नु नै समाजको धर्म पनि हो । यसलाई सचेत नेपाली समुदायले बुझ्नु नै भएको छ । यसर्थ हामिले आसन्न निर्बाचनमा डा प्रकास अर्याल जस्ता योग्य ब्याक्तिहरूलाई निर्वाचित गरि एनआरएन अमेरिकालाई मर्यादित र पारदर्शि बनाउन सहयोग गर्न जरुरी छ ।

भोलिका दिनमा सबै तह र तप्काका मानिसले हाम्रो र राम्रो संस्था हो भनि गर्व गर्ने पाउने प्रण गरि अगाडी बढ्नु भएको छ उहाँ । योग्य ब्यक्तिहरू छान्न चुक्यौ भने पहिले झै खराब नियति बोक्नेहरूले हाम्रो टाउकोमा फेरी पनि कुशासनको डण्डा चलाउने छन्।

शिक्षित र सभ्य अमेरिकी नेपाली समुदाय यो पल्ट निक्कै सचेत हुन जरुरी छ। अमेरिकामा नेपाली समुदायले भोग्दै आएका यावत दु:ख र समस्याहरू सँग चिरपरिचित डा अर्याल सधै अव नेपाली समुदायले भोग्दै आएको दु:ख र पीडाको आफु साक्षि मात्र हाम्रो समुदाय परिबर्तन हुँदैन भन्नु हुन्छ।

एक आपात कालिन अक्षय कोषको स्थापना गरि अमेरिका भर आपत बिपतमा परेका, गम्भीर प्रकृतिका बिरामी ,सडक दुर्घटनामा ज्यान गुमाउने नेपालिहरूको दु:खमा मलम लगाउने आफ्नो अवको योजना रहेको बताउनु हुन्छ । अर्कों तिर यो प्रतिस्पर्धि अमेरिकामा नेपाली समुदायलाई कसरि सफल ब्याबसायि बनाउन सकिन्छ ?

ब्याबसायका संम्भावनहरब कहाँ र के के छन् ? कुन प्राबिधिक शिक्षा अध्ययन गर्दा भोलि राम्रो अवसर प्राप्त हुन्छ ? दैनिक जिवनयापनमा आइपर्ने बिबिध समस्याहरूलाई त्यही क्षेत्रका बिशेषज्ञ र बिज्ञब्याक्तिहरूको समुह बनाई नेपाली समुदायलाई प्रशिक्षित गराउने उहाँका प्रभावकारी योजनाहरू छन् । उहाँका यी दिर्धकालिन सोच ,योजना भोलि नेपाली समुदाय र संस्थालाई पनि निक्कै प्रभावकारी हुने छन् ।

आजैबाट हामीले खबरदारी गरेनौ भने भोलि पनि यो संस्था फेरि संकटमा पर्न सक्छ । खराब, अयोग्य, असक्षम, योजना बिहिन ब्याक्तिहरूको बाहुल्यता यो संस्थामा फेरि पनि बढेर जान सक्छ । यस्ता खराब ब्याक्तिहरूबाट असल कामको अपेक्षा कहिल्यै पनि गर्न सकिँदैन ।

सक्षम मानिसहरू मौन बसिदिनाले मूर्खहरूले नेपाली समाज माथि पटक-पटक शासन गर्ने मौका पनि पाउँछन् । हामिले यस्ता गल्तिबाट पाठ सिकेर यस्ता गल्ति दोह्रोराउनु हुँदैन अव । तसर्थ सबै साथिभाई ,ईष्टमित्रहरूको सल्लाह र सुझाव बमोजिम आईसीसी पदमा आफ्नो उमेदवारी दर्ता गरि प्रजातन्त्रिक बिधि र पद्धति अनुसार आसन्न चुनावी प्रतिस्पर्धाको होडमा सहभागी हुनुभएको छ ।

उहाँको इमान्दारिता, बौद्धिकता, प्रतिबद्धता र क्षमतालाई बिश्बास गरि आगामी कार्यकालको लागी योग्य सक्षम ब्याक्तित्व चुन्नु अमेरिकी नेपाली सामुदायाको लागी अपरिहार्य पनि छ ।