Dr Ram Sharan Mahat, NC Leader

शुभकामना आदान-प्रदान तथा नेका नेता डा राम शरण महतसंग भेटघाट

Hollywood Khabar October 15,2018 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा नेपाली काँग्रेसका नेता, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा रामशरण महतको प्रमुख आथित्यमा शुभकामना आदान कार्यक्रम गर्ने भएको छ।

सो संबन्धि बिज्ञप्ति:
आदरणीय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !
हार्दिक निमन्त्रणा !
उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति अमेरिकाले विजया दशमी, शुभ-दीपावली र छठ पर्वको पावन अवसरमा, नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य श्री रामशरणमहत ज्युको प्रमुख आथित्यमाशुभकामना आदान प्रदानतथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

तसर्थ निम्न मिति, समय र स्थानमा उपस्थित भईदिनहुन न्यू-योर्कबासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू, बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी, बुद्दिजिवी, व्यवसायी, पत्रकार, कलाकार, साहित्यकार तथा आम जनसमुदायमा नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ।
निम्न:
मिति: OCT, 20, 2018 ( Saturday)
समय: 2PM Sharp
स्थान: Mejabeen Restaurant and Darbar Hall, 74-24, 37 Ave, Jackson Heights
NY 11372.

धन्यवाद ,
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका