-डा केसी र सरकारको लिखित सहमतीमा धोका नहोस:युएसएनपीआरसी

डा केसी र सरकारको लिखित सहमतीमा धोका नहोस:युएसएनपीआरसी

Hollywood Khabar October 10,2020 Comments

स्वास्थ्य-शिक्षा र सेवा सुबिधामा सबै नेपालीको सहज पहुंचका लागि लामो समयदेखि आवाज उठाइरहनु भएका बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा गोबिन्द केसी र नेपाल सरकार बिच लिखित संझौता भइ डा केसीले १९ औ पटकको अनसन २८ दिनमा तोड्नु भएको सुखद खबरको स्वागत गर्दछौं।

तर डा. केसीले फेरि भविष्यमा अनसन बस्न नपर्ने गरी भएका र गरिएका संझौता र सहमतीको इमान्दार र सार्थक कार्यान्वयनका लागि सरकारबाट पहल हुनु महत्वपूर्ण हो भन्ने युएसएनपीआरसी को धारणा छ । अहिले कोभिड १९ को स्वास्थ्य महामारी र सरकारबाट भएको ब्यवस्थापनको भयावह अवस्थाले पनि डा केसीले उठाउदै आउनु भएका विषय र मागहरु पुरा गरिनु कति महत्वपूर्ण छ भन्ने पुष्टी गर्दछ।

अत, भएका सहमती कार्यान्वनन र सुधार तर्फ सरकार यथासिघ्र अग्रसर होस, र फेरि धोका नहोस भन्ने आग्रह गर्दछौं ।

धन्यबाद्;

राजन पन्त, पीएचडी

अध्यक्ष

सुमन पराजुली, पीएचडी

कार्यकारी सचिव

११ अक्टोबर २०२०, अमेरिका