कृष्ण के सी, अमेरिका, फेब्रवरी ९, २०२१
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीले आफूले औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेको होइन तर आफू उपाध्यक्ष भएकाले अध्यक्षको लागि प्रत्यासी हुने कुरा स्वभाविक भएको बताउनु भएको छ।
केहि समय पहिला बाहिर आएको जस्तो उम्मेदवार घोषणा नगरेको बताउने उपाध्यक्ष डा के सीले आफू हाल जिम्मेवारीको काममा लागि परेको बताउनु भयो। बैदेशिक रोजगारी बिभागको जिम्मेवारी भएकाले उसै पनि काम धेरै छ। त्यसमा पनि कोरोनाको महामारीले गर्दा उद्धार, कल्याणकारी कार्य, अर्को आइएलओको प्रोजेक्ट सबैले गर्दा कामको चाप बढेको कुरा उहाँले बताउनु भयो। त्यसमाथि पनि केहि दिन बिशेष महाधिवेशनका लागि तयारी गर्दै गरियो। त्यसप्रति केहि साथीहरुका गुनासा आएका छन्, सुन्दै पनि छु। केहि अग्रजहरुसँग पनि सल्लाह लिने काम भएको छ। सबै मिलेर जानुपर्छ भन्ने मेरो मान्यता हो, उपाध्यक्ष डा के सीको भनाइ थियो।
गैरआवासीय नेपाली संघको वर्तमान कार्यकारी सचिवालयका अध्यक्ष पछि उपाध्यक्ष डा बद्रि के सी लामो समय देखि जिम्मेवारी बहन गर्ने पदाधिकारी मध्येमा बरिष्ठतम पर्नुहुन्छ। उसो त २००३ देखि नै संघको सदस्य रहनुभएका उपाध्यक्ष डा के सी अन्तराष्ट्रिय परिषद सदस्य हुँदै, एक कार्यकाल कोषाध्यक्ष, दुइ-दुइ कार्यकाल महासचिव र यो पटक उपाध्यक्ष हुनुहुन्छ। अब बाँकी भनेको अध्यक्ष भएर बाहिरिने हो, उपाध्यक्ष के सीको भनाइ थियो।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता