राष्ट्रिय ट्रमा सेन्टर

डा यादव ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा नियुक्त

Hollywood Khabar March 19,2019 Comments

६ चैत्र काठमाडौँ।राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त भएका छन्।उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेका हुन्। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ।न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त भएका थिए।