-डाक्टर भगवान कोइराला

डाक्टर भगवान कोइरालाले दुई अर्ब लगानीमा बाल अस्पताल खोल्ने 

Hollywood Khabar June 09,2019 Comments

२८ जेठ,काठमाडौं।वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले दुई अर्ब लगानीमा बाल अस्पताल खोल्ने भएका छन्।कोइरालाको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सोमबार याक एन्ड यति होटलमाकार्यक्रम गरि बाल अस्पताल संचालनको अवधारणा सार्वजनिक गरेको हो।जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको हो।

डाक्टर कोइरालाले  लगानी आह्वान नगर्दै करिव एक करोड संकलन भइसकेको बताए।लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए।डाक्टर कोइरालाले राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने र राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको बताए।राजधानीमा अस्पतालका लागि ४० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ।कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको रहेपनि जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार नपाएको भन्दै  अस्पताल निर्माणका लागि  कम्तीमा दुई अर्ब रुपैयाँ आवश्यक पर्ने कोइरालाले बताए।रिटायर्ड जीवनको पन्ध्र बीस वर्ष बालबालिकाको उपचारमा बिताउँने सोचका साथ् अस्पताल  संचालन गर्न लागेको कोइरालाले बताए।