नेपाली कांग्रस महामन्त्री डा कोइराला

महामन्त्री डा कोइरालाले हिन्दु राष्ट्रको मुद्धा नेपाली कांग्रसमा प्रवेश गराउने

Hollywood Khabar November 22,2018 Comments

कृष्ण के सी/अमेरिका

सायाद विशेश्वर प्रसाद कोइराला महेन्द्रको पालामा नभएर बिरेन्द्रको पालामा प्रधानमन्त्री भएको भए नेपालको अवस्था अर्को स्तरमा पुग्थ्यो होला। बिपीले राष्ट्रको आवश्यकताका धेरै कुरा मध्ये तत्काललाइ राजतन्त्रको आवश्यकता पनि देखेका हुन्। त्यो कुरा ऐले आएर फरक किसिमले देखिएको सहि मात्र होइन उत्तम निर्णय सावित हुन लागेको छ।

नेपाली काँग्रेसको एजेण्डामा गणतन्त्र थिएन, न त धार्मिक स्वतान्त्रताका कुरा नै थिए। यसलाई चरम रुपमा बढेको माओबादीहरुको हिंश्रक गतिबिधीलाइ तह लागाउन काँग्रेसले एक तह झरेर त्यसलाई स्विकारेको हो। अन्यथा काँग्रेसको नीतिगत कुरामा हिन्दु राज्य र राजतन्त्र थियो भन्ने कुरा पुरानो नै हो।

हाल आएर फेरी हिन्दु राज्यका कुरा फर्कने अवस्था आएको छ। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु राष्ट्रको कुरालाई पून: उठाएका छन्। यति मात्र होइन कोइरालाले आन्तरिक रुपमा आफ्ना समर्थक, कार्यकर्ताहरुलाई बिषय स्थानिय स्तात्रमा उठाउन निर्देशन नै दिएको कुरा जानकारी प्राप्ति भएको छ। पहिलो पटक यो बिषय सिन्धुली, मोरंग, सुन्सरीबाट उठ्ने कुरा पनि नेपाली कांग्रेसका एकजना कार्यकर्ताले बताएका छन्।

महामन्त्री डा कोइरालाले पार्टीमा आधिकारिक रुपमा नै हिन्दु राष्ट्रको बिषय उठाउने कुरा पनि बाहिर आएको छ। उसै पनि नेपालमा बढेको राजनैतिक अस्थिरता, भ्राष्टाचार, अधिनायकबाद जस्ता धेरै कारणले गर्दा हिन्दु राष्ट्र मात्र होइन गिर्वाणीलाइ महारानी बनाउने माग पनि न उठ्ला भन्न सकिन्न। तर पनि डा कोइरालाको यो बिषय भने नयाँ होइन। यस पहिला पनि उनले हिन्दु राष्ट्रको कुरा उठाएका हुन्।