-NRNA:डा बिनोद शाह अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेद्वार हुने

NRNA:डा बिनोद शाह अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेद्वार हुने

Hollywood Khabar September 13,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१४/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०१९-२०२१ कार्यकालको डा बिनोद शाह अमेरिकाज क्षेत्रको लागि क्षेत्री संयोजकमा उम्मेद्वार हुने भएका छन्।

एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको स्थापनाकालमा नै देखि बोर्ड सदस्य रहेका डा शाह २०१३ देखि २०१७ सम्म दुइ-दुइ कार्यकाल आइसीसी सदस्य थिए।

मेडिकल पेशाका डा शाह न्यूयोर्कमा बसोबास गर्दै आएका छन्। सर्वत्र उनि क्षेत्रीय संयोजकमा उम्मेदवार हुने चर्चा चलेता पनि डा साहले सो कुरालाई नकार गरेका छैनन्। हलिउडखबरले डा साहसँग सम्पर्क गर्दा उनी इराक जानको लागि एयरपोर्ट तर्फ लाग्दै थिए।

आफू संघको जिम्मेवारीलाइ सहज रुपमा लिने र काम गर्ने भएता पनि सो संबन्धि निर्णय बाँकी छ। सबैले उम्मेदवार हुने भनेका छन्। इराकबाट फर्केर आएपछि सबैसँग सल्लाह गरेर निर्णय गर्छु, अनि निर्णय गर्छु। डा शाहले नो पनि भनेनन् र हो भनेर स्पष्ट जवाफ पनि दिन खोजेनन। उनको कुटनैतिक जवाफले उनि उम्मेदवार हुने तयारीमा रहेको कुरा भने सजिलै बुझिन्थ्यो। हावा नलागी पात हल्लिंदैन भने झैं डा शाहको फ्लायर सर्वत्र छरिएको छ।