-डा बद्री पोख्रेलद्वारा अनुवादित महापुराणहरु लोकार्पण

डा बद्री पोख्रेलद्वारा अनुवादित महापुराणहरु लोकार्पण

Hollywood Khabar November 08,2019 Comments

न्यूयोर्क/९ अक्टोबर,२०१९

विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा बद्री पाख्रेलद्वारा नेपालीमा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणकाे लाेकार्पण ८ नाेभेम्वर शुक्रवार न्यूयाेर्कमा सम्पन्न भयाे।

पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य नवीन्द्रराज जाेशीले दीप प्रज्ज्वलन गरी शुभारम्भ गर्दै संस्कृतमा रहेकाे ज्ञानभण्डारलाई प्रचारप्रसार गर्न सके सबैकाे कल्याण हुने विचार व्यक्त गर्नुभयाे ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृतबहादुर राईले हिन्दू धर्मसंस्कृतिलाई समयसापेक्ष सुधार गर्दै जानसके देशलाई चिनाउन सकिने बताउनुभयाे। समाराेहमा कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले संस्कृत सबै धर्म, जाति र समुदायकाे साझा सम्पत्ति हाे भन्ने प्रमाणित गर्न अझै ज्ञानकाे विषय सरल तरिकाले उजागर गर्नुपर्ने बताउनुभयाे। यसैगरी वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले संस्कृतकाे विषयवस्तु मानक नेपाली भाषामा शुद्धसँग जनमानसमा ल्याउनुपर्ने बताउनुभयाे।

समाराेहमा कृतिकार डा पाेख्रेलले आफ्नी आमालाई महापुराणकाे अध्यायअनुसार सारांश सुनाउँदै जाँदा नेपाली भाषामा अनुवादित कृति तयार हुन वातावरण बनेकाे स्मरण गर्नुभयाे ।

समाराेहमा अनेसास बाेर्ड अफ ट्रस्टकी अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाई, अनेसास न्यूयाेर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली, कानुनविद् विनाेद राेका, साहित्यकार डा. गाेविन्द काेइराला, कवि डा. मधु माधुर्यलगायतका महानुभावहरुले संस्कृत भाषा एवं अध्यात्म जगतकाे महात्म्यका विषयमा धारणा राख्नुभएकाे थियाे ।

जयतु संस्कृतम् अमेरिका शाखाका विष्णुप्रसाद सापकाेटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे संचालन विश्व अध्यात्म केन्द्रका संयाेजक पीपलमणि सिग्देलले गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाली मानक भाषाको संरक्षण गर्ने समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा तीन महापुराणका अनुवादक डा. पाेख्रेललाई न्यूयाेर्कका साहित्यकारहरूकाे तर्फबाट सम्मान तथा अभिनन्दन गरिएकाे थियाे ।