https://www.youtube.com/embed/U8zsuuGu4Wc

NRNA USA कोषाध्यक्षका उम्मेदवार प्राध्यापक डा प्रकाश अर्यालसँग कुराकान

Hollywood Khabar August 04,2017 Comments

NRNA USA कोषाध्यक्षका उम्मेदवार प्राध्यापक डा प्रकाश अर्यालसँग कुराकानी
कृष्ण के सी/क्यालिफोर्निया ८/४/१७
Radiation Oncology का सहायक प्राध्यापक PhD, DABR प्रकाश अर्याल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०१७-२०१९ कार्यकालको लागि कोषाध्यक्षका उम्मेदवार हुनुहुन्छ।
नेपालको स्याङ्गजा जिल्लामा जन्मेर भरतपुर बिरेन्द्र क्याम्पसबाट सुरु गरेको अध्ययन यात्रा त्रिभुवन विश्व विद्यालयाबाट १९९१ मा फिजिक्शमा एमएससी गर्नुभयो। डा अर्यालले १९९५ मा भारतको Bombay University बाट Dip. R.P., Radiological Physics समेत गर्नुभयो।
१९९९ मा Radiation Therapy मा MSBS को अध्ययन गर्न अमेरिका आउनु भएका डा अर्यालले अन्तत University of Kentucky बाट २०१४ मा Physics मा PhD गर्नुभएको छ।हाल उहाँ डेलावार बस्दै आउनु भएको छ।
डा अर्यालले विभिन्न संस्था, इन्स्टिट्यूशन र अस्पतालहरुमा काम गर्नुभएको लामो इतिहास छ। उसो त उहाँले त्रिभुवन बिश्व विद्यालयमा पढाउनु पनि भएको हो। तर १९९५ देखि १९९७ सम्म भने उहाँ नेपालको सबैभन्दा पुरानो मध्यको बिर अस्पतालमा Medical Physicist and Radiation Safety Officer हुनुहुन्थ्यो। हाल भने डा प्रकाश अर्याल Union Hospital, मेरिल्याण्डमा काम गर्नाका साथै University of Maryland, Baltimore मा Department of Radiation Oncology का सयायक प्राध्यापक पनि हुनुहुन्छ।
सन २००० देखि American Association of Physicists in Medicine (AAPM) का सदस्य बन्नु भएका डा अर्याल American Brachytherapy Society (ABS) लगायत संस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ। नेपाली समुदायका Forum of Nepalese in America (FONA) र Kentucky Nepali Society (KNS) दुवै संस्थाको अध्यक्ष समेत भइसक्नु भएको छ। उहाँका अनुसन्धानका दर्जनौ प्रकाशनहरु छन् भने थुप्रै रिवार्डहरु पनि पाउनु भएको छ।
यसै बीच आफु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकालाई केही योगदान दिनको लागि, नेपाली समुदायको एक तहको सामाजिक र अन्य क्षेत्रमा स्तर उकास्नको लागि योगदान दिन इच्छित भएकोले कोषाध्यक्षका उम्मेदवार हुनुभएको कुरा बताउनु भएको छ। उहासंग हलिउडखबर NRNA Media Forum मा गरिएको यो कुराकानी।