Naya Shakit Flag

डाक्टर भट्टराईको नयाँशक्तिले किन आम-युवा समेट्न सक्दैन ?

Hollywood Khabar January 19,2017 Comments

हिँजो मध्यरातमा नेतृ हिसीला यमीले नयाँशक्तिको चुनाब चिन्ह र झण्डा रहेको फोटो खुसुक्क ईनबक्स गरिदिनु भयो। यसो घोरिएर अध्ययन गरें, बढो मिठो,बिम्बात्मक, घनीभूत र बिशाल आनन्दले मन नै ढक्क भरिएर आयो ।

करिब १० बर्ष अघि मध्य दिनमा पहिलो पटक मैले गोरखाको आरुघाटमा बाबुराम सर सँग हात मिलाएको थिएँ, बढो प्रभावित हुँदै मुस्कानले भरिपुर्ण एक तेजस्वी ब्यक्तिलाई द्वन्द पछाडी गोरखाको विकट ठाउँमा बैंक उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा। तत्पश्चात प्रधानमन्त्री भएपछि स्वास्थ्य प्राविधिक बिध्यार्थीका समस्या लिएर उहाँलाई उहाँकै स्वकिय सचिव फणिन्द्र देवकोटा मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्न पुगें र केही कुरा गर्ने मौका पाएको थिएँ । केही समय पछि अर्घाखाँचीको अर्घामा भएको बिशाल कोजागत पुर्णिमाको मेलामा उहाँलाई भेट्न ईच्चाएको थिएँ कारणबस सकिन, पछि राकेश शाह भाई मार्फत बालुवाटार पुगेको थिएँ त्यहाँ मैले भेट्न सकिन ।

सायद करिब २ बर्ष अघि होला, नेतृ हिसीला यमीले अचानक रातको १० बजे तिर मलाई भिडियो कल गर्नु भएको थियो र म, डाक्टर बाबुराम सर अनि हिसिला म्याम ! त्यो बेला हाम्रो गम्भीर कुराकानी भएको थियो । नयाँ शक्तिको निर्माण र देशविकासमा युवापुस्ता के चाहन्छन् भन्ने कुराकानीमा मैले केही यस्ता बिषयबस्तु उठान गरेको थिएँ जुन त्यही १५/२० मिनेटको कुराकानीमै सिमीत भए। ती मध्येका केही कुराहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्दा यस्ता थिए । केही कुराहरु यसमा समय र परिस्थिती को परिवर्तन र मेरो बुझाई सँगै मैले थप्दै गएँ ।

१-हाम्रो देशको भूगोल के कति हो, चार किल्ला निर्धारण गरौं ।

२-हाम्रो देशको एकमात्र धर्म वैदिक सनातन धर्म हो, यसलाई सापेक्ष बनाएर यस धर्मले निर्धारण गरेको चरित्र अनुकूलको शिक्षा पद्धति बनाई लागु गरौं ।

३- विसं १९५० को भारत सित गरेको सन्धीले नेपाल अंग्रेज बिच युद्ध हुँदा गुमाएको सम्पूर्ण भू-भागको कानुनी अधिकार नेपाललाई दिएकोले उक्त भूगोल फिर्ता नगरीकन सँघियताको अँशबन्डा नगरौं, तत् पश्चात आबश्यक परे उत्तर दक्षिण गरेर ५ संघीय राज्य बनाउँला । भू-गोल फिर्ताको लागि चिन भारत बेलाएत र युएन सँग समन्वय गरेर अगाडी बढौं

४- भारत, चीन र अन्य देशहरु सँग गरेका सम्पूर्ण सन्धि सम्झौता खारेज गरौं र समय अनुकूलको नयाँ सन्धि गरौं ।

५- सबैलाई समेटिने गरी युग सुहाउँदो मेलमिलामको निती अंगीकार गरेर अघि बढौं ।

६- जनताबाट प्रतक्ष्य निर्वाचित हुने कार्यकारी प्रमुखको ब्यबस्था गरौं , संसदलाई पुर्ण समानुपातिक बनाउँ जसले कानुन मात्र वनाउने र लागु गर्ने गरोस, मन्त्रीहरुको जनताबाट प्रतक्ष चुनाव गराउँ ।

७- शैक्षिक गुणस्तरलाई अवमुल्यन नगरौं, हरेक निकायमा रहेका आरक्षणहरु खारेज गरौं, हरेक नागरिकलाई समान, सवल, सक्षम र उन्नत बनाउन आबश्यक ठाँउहरु पहिचान गरि अवसरहरु प्रदान गरौं ।

८- बैदेशिक सेनामा जानको लागि सन्चालन गरिने भर्ती केन्द्रहरु बन्द गरौं, उचित सेवा र सुविधा दिएर उनीहरुलाई नेपाली सेनामा समावेश गर, आधुनिक सेना र प्रहरीहरुको संख्या १० लाख बनाउ र उचित जिम्मेवारी दिऔं ।

९- बैदेशिक रोजगारीमा जाने जति पनि अदक्ष जनशक्तिहरुलाई निषेद गरौं र हालका बैधानिक मानव तस्कर र उनीहरुका दुकानहरु अविलम्व बन्द गरौं, युवाहरुलाई स्वदेशमा नै हात नंग्रा खियाएर व्यवसायिक जिवीका चलाउन बाध्य बनाऔं ।

१०- फजुलका राजनितीक पार्टीहरुको जन्म र सँचार गृहहरुलाई नियन्त्रण गरौं ।

११- नागरिकका मौलिक आवश्यकताहरु सँचार, शिक्षा, स्वास्थ्य, कृषि, उधोग र अर्थ व्यवस्थाहरुलाई राज्यको स्वामित्वमा लेराऔं ।

१२- जनताको घर दैलोमा सेवा पुर्याउन आधुनिक बैज्ञानिक ब्यबस्थाहरुको प्रयोग गरौं ।

१३- अन्तराष्ट्रीय मुल्य र मान्यता अनुसारका सम्पूर्ण मौलिक हक अधिकारहरुको बिमा सेवा लागु गरौं र नागरिकहरुमा कर्तव्य बोध गराऔं।

१४- स्वदेशमा भएका स्थानीय स्रोत साधनको उचित मात्र प्रयोग गरौं र गराऔं र देशलाई आत्म निर्भर बनाउदै जाऔं ।

१५- यति गर्न सकिदैन भने नयाँ शक्ती आखिर के को लागि ? मेरो यी विचारहरु एड्रेस हुन सक्दैन भने म कसरी सरम्यामको यो अभियानलाई कसरी सहयोग गर्न सकुँला र ? मलाई माफ गरिदिनुहोला भनेर बार्तालाप बन्द गर्यौं । म्याम भन्दै हुनुहुन्थ्यो पहिले आर्थिक समृद्दी म भन्दै थिएँ पहिले हामीहरु बिच रहेको दरिद्रताको अन्त ।

यसैगरी गएको केही बर्ष यता बिभिन्न ब्यक्ति र पार्टीहरुले स्वतन्त्र मधेश लगाएत देशको सार्वभौमिकता, अखण्डता, एकता र शान्ती खलबलाउँने, सदियौं देखी शान्तिपूर्ण तरिकाले जीबनयापन गरिरहेका जनताहरुको भावनासँग खेलवाड गर्दै लडाउँने, भँडाउने र अराजक गतिबिधी गर्ने घटनाहरु तिब्ररुपमा बढिरहेको छन् । यसमा नयाशक्तिको अहिले के धारणा बनिरहेको छ? मलाई लाग्छ हाम्रो देशमा मधेश भनिने कुनै प्रशासनिक संयन्त्र न हिँजो थियो न आज छ न भोली रहनेछ, तराई कसैका बाउको एक्लो पिण्ड अबश्य नै होईन, हामी सबै नेपालीको नेपाल भित्र समान अधिकार रहेको छ। जबरजस्ती केहि अराजक गतिबिधी संचालन गरी देश टुक्राउँछु भनेर भाषण गर्दा देश नै ठेक्का लिएर बसेको अहिलेको प्रचण्ड सरकार र यसका सहयोगी अन्य पार्टीहरु जाडोमा भारुको दारु नै पिएर बसेको जस्तो भान यतिबेला जनमानसमा भईरहेको छ ।अहिले बनेको नयाँ सँबिधानमा देशद्रोहीहरुलाई कानुनी कार्वाही तोकिएको त पक्कै होला ! तर आश्चर्य, चुपचाप मौन समर्थन गरेको अनुभुती जनताहरुमा परेको छ, जुन बढो निन्दनीय र दुर्भाग्यपूर्ण छ ।

अर्को तिर कथित मधेशको बज्रस्वाँठ कपुत सिके राउतले देश टुक्राउँछु भन्दै हजारौंको सामु भाषण दिँदै गर्दा त्यहीँ बसोवास गर्ने जनतालाई झोला झोलामा अधिकारका फजुल कुराहरु लगेर बाँड्ने कैंयन ठालुहरु अनि पाहुनाको जस्तो भूमिका निर्बाह गरिरहेको र अपठ्यारो परिसक्दा पनि मुकदर्शक बनिरहेको कथित नेपाली सेना र सशस्त्र प्रहरीको नेतृत्व पंक्ती यस्ता घटनाहरुबाट अनबिज्ञ जस्तो बन्नुले के सहज परिस्थितिको आँकलन गर्न सकिन्छ त ? अब पंक्तिकारको अर्को प्रश्न यो छ कि सुदुरपश्चिम, मध्यपश्चिम, लुम्बिनी, गन्डकी अनि धौवलागिरी अर्थात नारायणी पुल भन्दा पश्चिमको भू-भाग मध्ययुगिन चौविसे राज्यहरुबाट अर्को कुनै सिके राउत जस्तो कपुत जन्मिएर अलग देशको अवधारणा बनाउँदै काठ्माण्डौ सँग सम्बन्ध बिच्छेद गर्ने ऐलान गरी अराजक र देशद्रोही आन्दोलन गर्यो भने के होला र त्यतिबेला को को कहाँ कहाँ कसरी के के आधारमा जिम्बेबार होलान? आखिर उक्त पुलपारीको भू-भागमा अखण्ड आन्दोलन निरन्तर चलिरहेको नै छ, के यसको मूल्य काठ्माण्डौले सोंचेको छ, हेक्का यहाँ नेर राखौं ।

सदियौं देखी काठ्माण्डौले पश्चिममा शासन मात्र गरेको छ । सिमीत जिल्ला सदरमुकामहरु बाहेक अन्य भूभागमा सरकार कहाँ छ? आज १९/२० बर्षमा आईपुग्दा सम्म चुनाब गरिरहेको छैनन् । यस्तो पनि राजनिती हुन्छ र ? सायद हाम्रो समाजमा यस्ता जनताहरु पनि त्यहाँ बसोबास गर्छन् जसलाई काठ्माण्डौ भन्ने ठाउँ समेत थाहा छैन, जो जीवनमा एक पटक पनि पशुपतिनाथको मन्दिर नदेखि भारतको गल्ली गल्लीमा कुल्लीको काम गरेर नुन चिनी मसला तेलको स्वाद लिन्छन, त्यहाँको समाजले काठ्माण्डौ होईन दिल्ली चिन्छ, यस्तो अबस्थाको जनतामाथि सदियौं बर्ष काठमाण्डौका शासकहरुले थिंचो मिचो गर्ने र उनीहरुको कोमल भावना माथि मजाक बनाउने कामहरु गरिरहँदा त्यो क्षेत्रले काठ्माण्डौ बहिस्कार गर्दा के होला? हामी  सबैलाई थाहा भएकै कुरा हो पश्चिम नेपाल जति जति पश्चिम हुँदै गयो उती विकट र दुर्गम छ जहाँ अधिकारको कुरा त के आधारभूत मानवीय आवश्यकताको लागि जनताहरु मरि रहेको छन्, गास बास कपास नपाएर कुपोषण र कठाँग्रिदो जाडोमा काठमाण्डौले बिभिन्न बहाना बनाएर बाँड्ने गरेको कुहेको चामल खुवाएर अज्ञात रोग लगाई मारेको छ, एक किसिमले भन्दा हेपेको छ, दमित गरेको छ र फजुल गफ गरेर लुटिरहेको छ । घरघरमा मर्दा पर्दा हुने संबेदनशील कुरामा खेलवाड गरिरहेको छ, एक हजार दाम र बिस किलो चामल बाँडेर खा माम भनि रहेकोछ । आखिर त्यो नेपाल होईन र ? अर्को तिर भूकम्पबाट भएको नोक्सानलाई पुर्ति गर्न प्राधिकरण बन्यो, खरबौं खरब पैसो आयो जुन पैसोले बढी प्रभावित जिल्लाहरुमा मात्र होईन प्रभावकारी योजना बनाएर नव निर्माण गरेको भए देशभरीको परिवार संख्याको लागि राज्यले पक्की घर बनाईदिने पैसो थियो, त्यो सबै कहाँ गयो? हिसाब किताब खोई? बढ्दो आर्थिक हिनामिनाको लागि चलिरहेको प्रतिशपर्धात्मक  दादागिरीको हिसाब किताब कसले कहाँ र कसरी राखेको छ? के नयाँशक्तिले यस्ता अतिसंबेदनशील कुराको मैले जस्तै हिसाब खोजिरहेको छ, कि कतै हिसाबको लगत नै राखेको छ? यति धेरै आर्थिक लगानी गर्दा पनि किन पिडितहरु पालमुनि देखिन्छन्? यो भूकम्पको मात्र कुरा भयो, यस्तो परिदृश्यहरु सयौंको सँख्यामा बिभिन्न प्रकोपको कारणबाट निम्तिएको छन्, यसको उचित समधान कहिले र कसले गर्ने हो ? भस्ट्रचार किन यसरी फैलदै मौलाएको छ, यो कुराको जबाफ कसले दिने हो ? जनता जान्न चाहन्छन् ।

यतिबेला यो पंक्तिकार बढो भावुक र जिम्वेबारीपूर्ण रुपमा लेखिरहेको छ कि पाँचतारे झन्डा र लामो भिजन देखेर हिँड्ने आँखोलाई चुनाब चिन्ह बनाउँदा! एक तमासको खुशी, हर्ष, डर, शंका-उपशंकाको बिचमा । पंक्तिकार लगाएत उ जस्तै लाखौं युवाहरुका माथि उल्लेखित कुराहरुलाई नयाँशक्तीले के नेतृत्व दिई बोकेर हिँड्न सक्छ ? सक्छ भने के कसरी किन कहिले कुन अबस्थामा भन्ने औचित्य प्रस्टाएको खण्डमा हामीहरु साम दाम दन्ड भेद के चाहिन्छ त्यो सबै सहयोग गर्न, नेतृत्वको लागि काँध थाप्न र हातमा हात मिलाएर अघि बढ्न तयार छौं, नत्र उही हो सधैको बैचारिक द्वन्दको बाटो र हिंसा पनि नहोला भन्न सकिने अबस्था रहेको छैन। हाम्रा गम्भीर मतभेदहरु छन, यस्ता मतभेदहरुको बिचमा नयाँशक्तीले कसरी युवा शक्तिलाई समेट्न सक्छ ? कृपया पुन: एक पटक होईन पटक पटक सोंचीदिनु होला । तपाईंलाई जस्तै हजारौं शिक्षित युवालाई पनि यो सँबिधान बिल्कुल मन परेको छैन, अझ भनौं सक्षम र योग्य नागरिकलाई सिमान्तकृत बनाएको यो सँबिधानको पुन:लेखन गरी करिब ६ महिना देखी १ बर्ष जनताको बिचमा ब्यापक बहस र छलफल गराई जनताकै अभिमत लिएर पास गराउनु पर्छ भन्ने धारणा देशको लागि युवा नेतृत्व अभियानको छ नत्र तपाई भन्दा माथी बढेर नै हामी युवाहरुको समुहले अहिलेको सँबिधान मुर्दावाद नै भन्दै आएको छौं। अब यहि संबिधानमा टेकेर बुँदागत रुपमा उल्लेख गरेका बिषयबस्तु समेटिने भए त नयाँशक्तिलाई भोट गरौंला, होईन भने तपाईले नेतृत्व गरेको शक्तीको के औचित्य रहला र ? के अहिलेको अबस्थामा आईपुग्दा यी कुराहरु सोंच्नु पर्ने बेला भएन र ? सँबिधान नै संसोधन गर्ने भए पनि हामी युवाहरुको भावना समेटेर संशोधन होस भन्ने चाहना हाम्रो पनि रहेको छ।  यहाँ र यहाँको नयाशक्ति पार्टी परिवारलाई पशुपतिनाथको कृपा रहोस, हाम्रो पनि कुराहरु सुन्ने ताकत मिलोस, चुनाबको लागि शुभकामना छ !

धन्यवाद।
डा. छवि पन्थी
"देशकालागि युवा नेतृत्व अभियान" का लागि चिनको बेईजिंगबाट ।