डा भट्टराई डराए, कार्यक्रम क्यान्सिल, झुण्ड सहित शन्ताक्रुजमा कोठे बैठक र नेपाल फर्कने तयारीमा

Hollywood Khabar September 23,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपालका पूर्व प्रधानमन्त्री तथा पूर्व माओबादी कमाण्डार “लाल्ध्वज” तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई श्रीमती हिसिला यमीका साथ हाल अमेरिकाको भ्रमणमा छन्

यसै सिलसिलामा सेप्टेम्बर १६, २०१८ मा टेक्ससमा आयोजित एक अन्तरकृयामा डा भट्टराईलाइ कालो झण्डा देखाइयो। सोही प्रकृतिको बिरोध बढ्दै गयो। त्यसपछि अमेरिकामा हुने उनको हरेक कार्यक्रमको बिरोध हुने तयारी गरिंदै थियो।

सान फ्रान्सिस्कोमा बिरोध प्रदर्शनको तयारीका लागि सेप्टेम्बर २३, २०१८ मा एक कन्फ्रेन्सकलको समेत आयोजना गरिएको थियो।  

डा भट्टराईको सेप्तेम्बेर २४, २०१८ मा युनिभर्सीटी अफ क्यालिफोर्निया (यूसी) डेभिसमा आयोजना गर्ने भनिएको कार्यक्रम डरकै कारणले क्यान्सिल भएको छ। सो कुरा कन्फ्रर्म गर्न डेभिस पुगेका हरि भट्टले सबै बुझ्दा सो कार्यक्रम क्यान्सिल भएको जानकारी हलिउड खबरलाइ दिए। 

बिरोधको लागि ठूलो तयारी भएको थियो। २०० देखि ३०० जना सम्म बिरोध प्रदर्शनमा उत्रने थाहा भएपछि डा भट्टराइको सो कार्यक्रम डरकै कारण बन्द गरिएको थाहा भएको छ। 
यो संगै अर्को सेप्टेम्बर २५ मा डेभिस एरियामा नै गर्ने भनिएको बिधार्थी भेटघाट पनि बन्द हुने खवर प्राप्त भएको छ। कार्यक्रम भएमा बिरोध गर्न एक दिन अगाडि अर्थात सेप्टेम्बर २४ देखि नै सो स्थानमा कालो झण्डा र ब्यानर लिएर प्रोटेष्ट गर्न तयारिका साथ नेपालीहरु बसेका छन्।

त्यसैगरी न्यूयोर्कमा डा भट्टराईलाइ कानुनी रुपमा हत्या-आतंकको अपराधिको रुपमा प्रकृया अगाडि बढाउन कानुनी परामर्श समेत गरिएको थियो। सोही क्रममा कतै नभएको खाल्टे पत्र पनि अमेरिकाबाट नै खानु पर्यो। यो सबै थाहा पाएपछि डा भट्टराइ आफ्नो कार्यक्रम क्यान्सिल गरेर नेपाल फर्कने तयारीमा रहेको बताइन्छ।  

सान फ्रान्सिस्कोमा डा भट्टराईलाइ उनको नयाँ शक्ति पार्टीका नजिक मानिने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डिल्ली भट्टराइ र सान फ्रान्सिस्को बस्दै आएका एकजना बब बिनय पोख्रेलले गाउँ/टोल धुमाउँदै गरेका छन्। घुमाउने क्रममा शान्ताक्रुज बीचमा लगेर एउटा गोप्य कोठामा भेटघाट गर्ने योजना भएको छ।