-NRNA: डा अर्जुन बन्जाडेद्धारा औपचारिक रुपमा अध्यक्षका लागि उम्मेद्वारी

NRNA: डा अर्जुन बन्जाडेद्धारा औपचारिक रुपमा अध्यक्षका लागि उम्मेद्वारी-घोषणा पत्र सहित

Hollywood Khabar March 23,2019 Comments

प्रेस विज्ञप्ति

मितिः मार्च २४, २०१९

आदरणीय सम्पूर्ण NRN साथीहरू !

नमस्कार !!

मेरो निमंत्रणालाई स्वीकार गरि यहाँ उपस्थित हुनु भएका तथा यस कार्यक्रमलाई online मा हेरी रहनु भएका सम्पूर्ण साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । विगतको निर्वाचनमा NRNA NCC of USA को Board of Director को पदमा सर्वाधिक मतबाट विजयी गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

तपाईँहरूको सहयोगबाट अहिले यस सस्थाको एक सदस्यको हैसियतबाट गर्नुपर्ने कामहरूका साथै यसको Mainstream Integration समिति मा रही कार्य गर्दै आएको यहाँहरुलाई अवगत नै छ।

साथीहरु, अब फेरि नयाँ कार्यसमितिको निर्वाचन गर्ने समय आउदै छ । सदस्यता लिने क्रममा website मा समस्या भई धेरै साथीहरूले संस्थाको सदस्य बन्न नपाउनु भएकोमा धेरै दुख लागेको छ र एक सदस्यको नाताले म यहाँहरुसंग क्षमा याचना गर्दछु । समस्याहरुका बाबजुद नौ हजार भन्दा बढीको संख्यामा सदस्य पनि भै सक्नु भएको छ; तपाईहरु सबै जनालाई धन्यवाद र बधाई छ।

सबै सदस्यहरुलाई यसै कार्यक्रमबाट सम्बोधन गर्दै NRNA NCC of USA को २०१९-२०२१ को कार्यकालको लागि हुन गहिरहेको आगामी निर्वाचन म अध्यक्षको पदमा उमेदवार हुने घोषणा गर्दछु। अघिल्लो पटक जस्तै आगामी निर्वाचनमा पनि आफ्नो अमूल्य मत दिई अध्यक्षको पदमा विजयी गराउनु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास छ ।

साथीहरू,

उमेदवारको बारेमा जान्न पाउने अधिकार सबै सदस्यको हुन्छ भन्ने मान्यताका साथ म मेरो अर्घाखाँची देखि अमेरिका सम्मको यात्रा सम्बन्धमा केहि बताउन चाहन्छु ।

मेरो यात्रा: अर्घाखाँची देखि अमेरिका सम्म म नेपालको अर्घाखाँची जिल्लामा जन्मिएर गाउँकै सरकारी सरस्वती माध्यमिक विध्यालयबाट SLC गरी Amrit Science College काठमाण्डौ बाट ।Sc र Tri- Chandra Campus बाट BSc गरी काठमान्डौ किर्तिपुर अवस्थित Central Department of Population Studies बाट Masters डिग्री पुरा गरेको हु ।

नेपालमा पढाई गर्दा गर्दै NewERA नामक संस्था मार्फत देशका विभिन्न जिल्लाहरूमा काम पनि गरेको थिए । यसबात मलाई आफ्नो पढाईको खर्च जुटाउने मात्र नभई देशको पूर्व-पश्चिम र उत्तर- दक्षिण सबै जसो भागका रहन सहन तथा समस्याहरूबाट परिचित हुने अवसर मिल्यो ।

नेपालमा मास्टर डिग्री पुरा गरे पछि रत्न राज्य लक्ष्मी क्याम्पसमा अस्थायी रूपमा अध्यापन सुरु गरी सोही क्याम्पसमा स्थायी उप-प्राध्यापकको रूपमा अध्यापन गरेको थिए । साथै, काठमान्डौ स्थित Johns Hopkins University को Office मा सुरुमा Consultant र पछि सहायक कार्यक्रम अधिकृतको रूपमा काम गर्ने अवसर मिलेको थियो।

नेपालमा उप-प्राध्यापक को रूपमा अध्यापन गर्दा गर्दै सन् १९९८ मा Ohio University मा Masters डिग्री अध्ययन गर्न अमेरिका आएको र MA अध्ययन पुरा भएपछि सोही University बाट Mass Communication मा PhD अध्ययन पुरा गरेको छु। पढ्दै गर्दा Mass Communication सँग सम्बन्धित विषयमा केही conference papers हरू प्रस्तुत गरेको थिए भने एउटा conference paper ले त International Conference मा First Prize नै पाउन सफल भएको थियो ।  त्यस्तै, केही लेखहरू प्रकाशित भएका छन् भने एउटा पुस्तक जर्मनी बाट प्रकाशित भएको छ ।

मेरो यात्रा: सामाजिक/राजनीतिक सक्रियता नेपालको राजनीतिक अनुभव NRNA मा काम छैन भन्नु हुन्छ तर पनि जानकारीको लागि यहा मेरा केही संलग्नताहरू प्रस्तुत गर्दछु म एक निम्न मध्यम परिवारमा जन्मिएको हु । म स्कुलको बिधार्थी हुँदा नै मेरो काका यज्ञ मूर्ती बन्जाडे नेपाली काँग्रेसको राजनीतिमा संलग्न हुनुहुन्थ्यो र हाम्रो परिवारलाई काँग्रेसी परिवार भनेर चिनिन्थ्यो । मेरो काका नेपाली काँग्रेस पार्टीको कानुनी सल्लाहकार र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा देशको महा न्यायाधिवक्तामा नियुक्ति हुनु भएको थियो ।

नेपालमा स्कुलमा पढ्दा नेपाल विद्यार्थी सँगको जिल्ला कार्य समितिको सदस्यको रूपमा राजनीतिक गतिविधिमा संलग्न भएको हु (२०४० सालतिर)। काठमान्डौमा कलेजमा पढ्दा नेपाल बिधार्थी संघ अर्घाखाँची सम्पर्क समिति काठमान्डूको संस्थापक सदस्य र पछि संघ को सभापति (२०४५-२०४६ तिर) को रूपमा काम गरेको थिए र संस्थाको मुखपत्र पनि प्रकाशन गरेको थिए ।

अमेरिकामा आएपछि अमृत क्याम्पसका स्वतन्त्र बिधार्थी युनियनका तत्कालिन सभापति सुरेन्द्र राज देवकोटासँग सम्पर्क भयो र उहासंग मिलेर नेपाली जनसम्पर्क समिति, अमेरिकाको गठनमा एउटा संस्थापक सदस्यको रूपमा संलग्न हुने अवसर मिल्यो। सन् 2007 September 2 मा Hartford, Connecticut मा भएको अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई Treasurer को जिम्मेदवारी पाएको थिए । पछि खगेन्द्र जीसी को नेतृत्वमा गठित एकता अधिवेशन समितिको सदस्य-सचिव को रूपमा रहेर काम गरेको थिए भने आनन्द विष्टको समितिमा सल्लाहकार रही काम गरेको थिए।

म खगेन्द्र जी सी को नेतृत्वमा सदस्य-सचिव रहँदा नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट नेपाली काँग्रेस पार्टी को महाअधिवेशन प्रतिनिधि पनि भएको थिए। म स्थानीय स्कुलमा [International Leadership of Texas Keller K-8] मा PTO को Treasurer को रूपमा विगत दुई वर्ष देखी काम गरिरहेको छु । म US-Nepal Policy Research Center को गत तीन वर्ष देखी Executive Officer तथा Member-Secretary को रूपमा कार्यरत छु । पढाई गर्दै गर्दा Ohio University मा र केही समय Johns Hopkins University को Baltimore Office मा पनि काम गरेको छु ।

अहिले Texas को Tarrant County College मा Director of State Reporting को रूपमा कार्यरत छु र Texas मा आफ्नो कामको विषयमा राज्य स्तरका समिति मा पनि कार्यरत छु । म तपाइहरूले अत्यधिक मतले निर्वाचित NRNA NCC of USA को Board of Director भई कार्यरत भएको सबै लाई अवगत नै छ ।साथीहरू,

सङ्घको लक्ष्य सम्पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरता नै हो । NRNA को यी लक्ष्य एक दुई वर्षहरूमा पुरा हुन सक्दैनन् तर यो संस्था आफ्ना घोषित लक्ष्य पुरा गर्ने दिशामा छ वा छैन भन्ने कुरा महत्तपूर्ण हुन्छ।

गैर-आवासीय नेपाली सङ्घको स्थापना पछि संस्थाको चासो, चिन्ता र प्रतिबद्धताहरूलाई प्रतिनिधित्व गर्न हालसम्म अमेरिका लगायत संसार भरका करिब ८० देशहरूमा राष्ट्रिय समन्वय परिषद् (National Coordination Council) स्थापना गरी यो संस्था सबै गैर-आवासीय नेपालीहरूको साझा संस्थाको रूपमा विकसित भएको यहाहरुलाई अवगत नै छ।

विगतमा जस्तै एस वर्ष पनि अमेरिकाको एनसीसी सबभन्दा ठुलो एनसीसी बनेको छ र एनआरएनए को उदेस्य पुरा गर्ने अभियानमा हाम्रो ठुलो दायित्व रहको छ । NRNA लाई जात, धर्म र दलगत राजनीतिक विचारका आधारमा नभई व्यक्तिको आचरण र उसको उच्च नैतिक धरातल र सबैलाई सँगै लिएर जान सक्ने व्यक्तित्वको आबस्यकता छ ।

यो अमेरिकाको NCC लाई अध्यक्ष्यको रूपमा नेतृत्व गरी अझ उचाइमा पुर्‍याउन म आफ्ना कार्यक्रम लिएर उपस्थित भएको छु । यी कार्यक्रमहरूलाई तपाईहरुको सहयोगमा परिमार्जित गर्दै जाने छु तथा निर्वाचित भएर आउने साथीहरूका विचारहरुलाई समेत समावेश गरी अन्तिम रूप दिई दुई बर्षे कार्यकालमा कार्यान्वयनमा लैजाने छु । यिनीहरू मध्ये कुनै काम एक कार्यकालमा सम्भव छ भने अरू मेरो कार्यकालमा सुरु गरी पछि आउने समितिले गर्नुपर्ने हुन सक्छ ।

मेरा कार्यक्रमहरुलाई छोटकरीमा T.I.P.S. भनि बुझ्न सकिन्छ:

1. Transparency

1.1. Meeting मा पारदर्शिता: म, Sunshine Laws लाई अङ्गीकार गर्दै बोर्डका सबै वा केही meeting हरू आम सदस्यहरूको लागि खुला हुनु पर्छ भन्ने मान्यता राख्दछु। यस्ता meeting हरूमा टिप्पणीका लागि पहिलो १० जना सदस्यहरूलाई अनुमति दिन सकिने छ । यो नीति सम्बन्धमा Board को बैठकमा छलफल गरिनेछ र Board द्वारा अनुमोदित भएमा यसलाई २०२० को शुरु देखि कार्यान्वयनमा ल्याइने छ ।

1.2. Newsletter प्रकाशन: NRNA NCC of USA का सदस्यहरु सुसुचित हुनु पर्छ भन्ने मान्यता राख्दै Board ले आफ्ना निर्णयहरू इमेलबाट सम्पूर्ण सदस्यहरूमा जानकारी गराउने कार्यलाई निरन्तरता दिईने छ । साथै वर्षको कम्तिमा २ पटक (६-६ महिनामा) एउटा Newsletter पनि प्रकाशन गरिने छ जसमा Board का निर्णयहरूका अलावा भइरहेका र भबिस्यमा हुन लागेका काम र विभिन्न Chapter हरुले गरिरहेका कामका बारेमा सूचनाहरू समाबेश गरिने छन् । साथै Newslatter मा आम चासोका मुद्दाहरू समेत संलग्न गरिने छ र यसलाई electronic रूपमा प्रकाशन गरि वितरण गरिने छ । पहिलो अंक सन् २०२० को January मा प्रकाशन गरिने छ ।

1.3. Follow the Money, लेखा परीक्षण: म अघिल्लो वर्षको वित्तीय लेनदेनको लेखा परीक्षण गराई यसको रिपोर्ट सबैले बुझने भाषामा सबै सदस्यलाई उपलब्ध गराउनु पर्छ भन्ने मान्यता राख्छु । सफद ग्रहण गरेको ६ महिना भित्रमा अघिल्लो वर्षको लेखा परीक्षण गराई सबैलाई जानकारी गराउने छ । साथै सन् २०२० को January भित्रमा संस्थाको वित्तीय निर्देशिका जारी गरिने छ जसमा NRNA NCC of USA को कोष के प्रजोजनको लागि कसरी गर्ने र के मा खर्च गर्न मिल्छ र के मा मिल्दैन भन्ने बारेमा व्याख्या गरिने छ ।

2. Integrity

2.1. जति राम्रो Bylaws भएपनि त्यसलाई कार्यन्वयन गर्ने व्यक्तिको Integrity मा धेरै कुराहरू भर पर्दो रहेछ । म के विस्वास गर्छु भने नेतृत्व मा हुने व्यक्तिमा Integrity हुनु पर्छ, यानी “doing the right thing, even no one is watching”.

3. Process improvement – Membership & Organization

3.1. सदस्यता प्रक्रियालाई सरल, प्रभावकारी र अनियमितताबाट मुक्त बनाइने छ । ६ महिना भित्रमा एक उच्च स्तरीय कमिटी गठन गरिने छ जसले अर्को ६ महिना भित्रमा बोर्ड समक्ष आफ्नो रिपोर्ट बुझाउने छ । यो रिपोर्टलाई सबै सदस्यहरूलाई राय सल्लाह र सुझावको लागि बाँडिने छ र प्राप्त सुझावलाई संलग्न गरी सदस्यताको प्रक्रिया सम्बन्धी व्यवस्था निर्णयार्थ NCC को वार्षिक साधारण सभामा प्रस्तुत गरिने छ र अनुमोदन भएपछि कार्यन्वयन गरिने छ ।

3.2. NRN हरूलाई आजीवन सदस्यताको लागि प्रोत्साहित गरिने छ ।

3.3. व्यक्तिगत सूचनाको दुरुपयोग हुनबाट बचाउन बोर्डले Directory मा संलग्न गर्न मिल्ने सूचना मात्र ICC लगायत अरूसँग बाडिने छ ।

3.4. सदस्य प्रमाणीकरण भई सकेपछि सदस्यले आफ्नो account मा login गरी NRNA NCC of USA को सदस्यको कार्ड print गर्न सक्ने व्यवस्था गरिने छ । यसबाट NRNA ID Card को लागि महिनौ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने छ ।

3.5. सदस्य हुन चाहनेले फर्म भर्दा बित्तिकै फर्म बुझाएको सबैले देखिने गरी website मा राख्ने व्यवस्था गरिने छ। अहिले जस्तो State Level मा नभई zip code level मा सदस्यहरूको नाम प्रकाशित गरिने छ ।

3.6. बिद्यार्थीहरु र भुटानी नेपालीले सदस्यता लिन मिल्ने वा नमिल्ने सम्बन्धमा स्पस्ट नीति ल्याउने ।

3.7. Functional VPs: म functional vice-president को पक्षमा छु । जस्तै, VP of Membership, VP of Fundraising, VP of Networking, VP of Youth, etc. मैले यसै अनुरूप विधानमा परिवर्तन गर्नको लागि सहयोग गर्न बोर्डको परामर्शमा एक कमिटीको गठन ६ महिना भित्रमा गर्ने छु । यो कमिटीको नेतृत्व Senior VP वा Board बाहिरका कुनै विज्ञले गर्ने छन् । This will be effective from next term if approved.

4. Serving NRNs’ interests

4.1. नेपाली नागरिकताको निरन्तरता: म दोहोरो नागरिकता होइन नेपाली नागरिकताको निरन्तरताको पक्षमा छु । यो विषय कुनै एक कार्यकालमा सम्पन्न गर्ने सकिने विषय होइन । नेपाल सरकारसँग समन्वय गरी सम्पूर्ण बिदेशिएका नेपालीहरूलाई राजनीतिक अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि अभियानमा लाग्ने छु । Next – issues of dual taxation and security issues of small scale investors

4.2. "विद्यार्थी राजदूत" कार्यक्रम - "Student Ambassadors” Program- बिधार्थी

भिसामा आउन लागेका नयाँ र पहिले देखि colleges र universities मा अध्यनरत विद्यार्थीहरूलाई सहयोग गर्ने उदेश्यले विद्यार्थी राजदूत कार्यक्रमलाई अपनाइने छ । एक Board of Director को नेतृत्वमा ६ महिना भित्र एक Task Force को निर्माण गरिने छ जसले विद्यार्थी राजदूतको भूमिकाको लागि सम्भावित व्यक्तिहरूको पहिचान गर्नेछ र सूचना मूलक कार्यक्रमहरू र nformation Desk को व्यवस्था गर्नेछन् । एस कार्यलाई अगाडी बढाउदा विश्वविद्यालयहरूमा सक्रिय विभिन्न नेपाली छात्र सङ्घ संस्थासँग आवश्यक परामर्श गरीने छ ।

4.3. मूलधारमा सहभागिता: (क) अमेरिकामा सामाजिक/राजनीतिक जीवनमा भाग लिन एनआरएनहरूलाई प्रोत्साहित गरिने छ । यसले नेपाल र नेपालीको पहिचानको लागि मद्दत गर्नेछ र मूलधारको राजनीतिमा पहुँच वृद्धि गर्नेछ। (ख) सन् 2020 को जनगणनामा भाग लिन NRN हरूलाई प्रोत्साहित गरिने छ । सबैलाई चेन्सुसमा फर्म भर्दा एथिनिसिटि को स्थानमा Others लेखी नेपाली लेख्न प्रोत्साहित गरिने छ । यसले अमेरिकामा नेपालीहरूको जनसङ्ख्या अनुमान गर्न सहयोग गर्ने छ ।आगामी जनगणनामा नागरिकता सम्बन्धित प्रश्न राख्ने वा नराख्ने भन्ने विषय बहस चलेको छ । म यो प्रश्न राख्नु हुँदैन भन्दछु किनकि यसको दुरुपयोग हुने प्रबल सम्ब्नाहना छ । HB Bhandari को लागि Mainstream Integration Committee को Chairman को हैसियतमा यही हलमा एड कार्यक्रम गरिएको थियो । Aisa Ojha नि mainstream को राजनीति join गर्दै छिन र हामी सबैले उनीलाई सहयोग गर्नु पर्छ ।

4.4. Internship कार्यक्रम: अन्य सस्थाहरुसंग साझेदारी गर्दै २०२० को गर्मी बिदाको समयमा सुरु हुने गरी high school वा college मा अध्ययनरत बिध्यार्थीहरुको लागि एक Internship कार्यक्रम प्रारम्भ गरिने छ जसमा विद्यार्थीहरू नेपालका विभिन्न स्कुल वा अन्य Offices ma काम गर्ने छन् । यसको मुख्य उद्देश्य नेपालीहरूलाई नेपालमा सेवा गर्ने मौका दिनुका साथै नेपालका मानिसहरूलाई अमेरिकामा प्रशिक्षित व्यक्तिसँग काम गर्ने अवसर प्रदान गर्ने रहेका हुनेछ साथै विद्यार्थीहरूले तिनीहरूको आमाबाबुको जन्म देशको भाषा र संस्कृति नजिक बाटबुझने अवसर पाउने छन् र नेपाल सँगको नाता कायम राख्न सहयोग पुग्ने छ ।

5. Others

5.1. Connecting with Nepalese Language and Culture: Encouraging language classes and cultural events

5.2. Dialogue with the Members of Nepal Caucus: Discussing Nepal related issues such as dual taxation, state of democracy and human rights in Nepal, issues of undocumented Nepalese, etc. at least once in two year. Also discussing with the Nepalese government officials about helping undocumented Nepalese providing them voluntary legal services and helping them with much needed documents.

5.3. Knowledge Conference: Networking with other organizations such as Societies/Association of Physics, Math, Nursing, Doctors, etc. Next step would be evaluating the effectiveness and/or impact of conference papers in term of their policy implications.

5.4. काम र व्यवसाय सम्बन्धी प्रशिक्षण कार्यक्रमहरू: अमेरिकामा ठुलो अनुपातमा रहेका नेपालीहरूसँग नेपालको उच्च शिक्षा र कामका अनुभवहरू छन् तर तिनीहरूमध्येधेरैजनालाई आफ्नो पढाई अनुसारको काम वा चित्त बज्दो व्यवसायमा अगाडी बढ्न कठिनाइ भइरहेको छ । बोर्डले एक कार्यसमूहको निर्माण गर्नेछ जसले स्थानीय chapter सँग र नेपालीहरूका chamber of commerce मिलेर स्थानीय रूपमा के कस्ता अवसरहरू हुन सक्छन् भन्ने अध्ययन गर्ने छ र सोही अनुरूपको कार्ये कर्म ल्याउने छ । उदाहरणको लागि धेरै सामुदायिक कलेजहरू र विश्वविद्यालयहरू द्वारा प्रदान गरिएको continuing education लाई लिन सकिन्छ ।

5.5. Helping Victims of Violence: अमेरिकामा नेपालीहरूको जनाशंख्या बढ्दै गर्दा विभिन्न violence बात victim हुनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ र एस सम्बन्धमा केही गर्नु अति जरुरी भई सकेको छ । म प्रस्ताव गर्दछु कि

(क) यस्ता crimes हरू बारे हाम्रा व्यवसायी साथीहरू र नेपालीहरूलाई यस्ता आपराधिक कार्यबाट कसरी बच्न सकिन्छ भने सूचनामूलक व्यावहारिक ज्ञान दिने कार्यक्रम गर्ने 

(ख) स्थानीय स्तरमा यस्तो अपराध पीडितहरूको लागि उपलब्ध गराउन सामाजिक सेवाहरूको पहिचान गर्ने र यसबारे सामाजिक नेतृत्वमा बसेकालाई सुसूचित गराउने

(ग) जीवन बिमा गराउन NRN हरूलाई प्रोत्साहन गर्ने ।

5.6. काठमाडौंमा NRN डेस्क: नेपाल सरकारसँग कार्य र काठमाडौँ एयरपोर्टमा एनआरएन डेस्क स्थापित गर्ने । Linking the NRNA ID Card with the services provided by the Nepal government

5.7. NRN को लागी मंत्रालय: संसार भरी रहेका नेपालीहरू र नेपाल सरकारसँग अझ प्रभावकारी ढङ्गबाट सहकार्य गर्न सहयोग गर्ने उदेस्यले एकएनआरएनए मन्त्रालयको स्थापना गर्न पहल गर्ने ।

5.8. Nepal Ghar: Will discuss about it in details later

5.9. Good Governance Training (राम्रो प्रशासन प्रशिक्षण): बोर्डका सदस्यहरूलाई राम्रो प्रशासनको बारेमा तालिमको व्यवस्था गरिने छ जस्तै बोर्ड मिटिंगहरू सञ्चालनका विधिहरू, सदस्यका आचरणरु, कसरी बढी प्रभावकारी हुन सकिन्छ, आदि विषयमा एक दिने कार्यशाला गोष्ठीको व्यवस्था गरिने छ । यो काम निर्वाचनको नतिजा आएपछि सफद ग्रहण गर्नु पहिले कुनै पनि समयमा राख्न सकिन्छ र वर्तमान कार्य समितिले यसको सहजीकरण गर्न सक्छ । यस्तो कार्यकर्मको लागि स्रोत व्यक्ति एच बी भण्डारी, किरण सिटौला, आदि हुन सक्दछन् ।

5.10. कानुनी मुद्दाको अन्त्य गर्ने: एनआरएनए एनसीसी अफ युएसए विरुद्ध अदालतमा मुद्दा हुनु राम्रो देखिँदैन । मैले यस्ता मुद्दाहरूलाई सकेसम्म अदालत बाहिर तुन्ग्याउन ६ महिना भित्र एक सहजकर्ताको नियुक्ति गर्नेछु । यदि अमेरिकामा एनआरएनए एनसीसीबाट गल्ती भएको रहेछ भने संस्थाको तर्फबाट माफी माग्ने छु । कुनै पनि समस्या समाधान गर्न लचिला बनेर प्रस्तुत हुनेछ।

साथीहरु,

आगामी मे/जुन महिनामा हुन गहिरहेको NRNA NCC of USA को निर्वाचनमा अध्यक्षको पदको उमेदवारको रूपमा तपाइहरू समक्ष्य प्रस्तुत हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । गत निर्वाचनमा जस्तै आगामी निर्वाचन मा पनि आफ्नो अमुल्य मत दिई बिजयी गराउनु हुने छ भन्ने विश्वास लिएको छ ।

जय NRN !

Dr. Arjun Banjade

Presidential Candidate

NRNA NCC of USA

2019-2021