-NRNA NCC USA:डा अर्जुन बन्जाडे बरिष्ठ उपाध्यक्षमा

NRNA NCC USA:अध्यक्षका प्रत्यासी डा अर्जुन बन्जाडे किन झरे त सुनिल साहको लागि बरिष्ठ उपाध्यक्षमा ?

Hollywood Khabar April 24,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान बोर्ड सदस्य डा अर्जुन बन्जाडे अध्यक्षको दावी छोडेर बरिष्ठ उपाध्यक्षका उम्मेद्धार भएका छन्।

एनआरएनए एनसीसी अमेरिकाको २०१९ को निर्वाचनमा अध्यक्षको लागि थुप्रै सिटी दौडेर टाउनहाल मिटिङ देखि पब्लिक डिबेटमा समेत भाग लिएका डा अर्जुन बन्जाडे अन्तत बरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका छन्।

उनलाई सुरुका दिन देखि नै एउटा आरोप थियो कि यी मान्छे अध्यक्षका लागि उम्मेद्वार बन्दैनन्। उनका आफन्त र केहि शुभचिन्तकहरुले त अध्यक्षमै लढ्छु भनेर ख गराएकाले नै उनीहरु संघको सदस्य बनेका थिए भनिन्छ। अन्तत उनि बरिष्ठ उपाध्यक्षमा झेर। यसै बिषयलाई हलिउडखबरले सुनिल साहका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार बनेका डा बन्जाडेलाई सोधेका केहि प्रश्न र उनको जवाफलाई यहाँ पोष्ट गरिएको छ।

उनि एकैपटक अध्यक्षका लागि आएका व्यक्ति भने होइनन। पहिला २०१५ मा टास्कफोर्समा थिए, २०१७ मा बोर्ड सदस्य भए अनि यो पटक अध्यक्ष हुन्छु भनेर दावी गर्दै दौडाहामा गएका थिए। उनले अनुसन्धान गरेकै पारामा सुन्ने र सुनाउने भन्दै प्रचार गरेर ताम-झामका साथ् आफ्नो उम्मेदवारी होम टाउन टेकससमा अध्यक्षका लागि नै गरेका थिए।

उनलाई यो पंक्तिकारले २ महिना पहिला पनि तपाइँ पक्का अध्यक्ष कै लागि हो त भनेर सोधेको नै हो। जवाफमा १००% अध्यक्षकै लागि हो भनेका थिए। उनले जवाफ दिएका थिए-पढाइ पीएचडी गरे, थप पढाइ गर्नु तत्काल आवश्याक छैन, बच्चाहरु हुर्किसके संस्थालाई समय दिन घरमा समस्या छैन, आर्थिक रुपले सवल नै छु, उमेरले ५० कटिसके, संस्थामा एक कार्यकाल काम गरिंसके अब पनि अध्यक्ष नउठे कहिले उठ्ने ?

सोहि कुरा स्मरण गराउँदा उनले भने-तपाइँले सोधेको कुरा मलाइ संझना छ। तपैले सोहि अनुरुप लेखेको पनि मलाइ याद छ तर सबै साथीहरुले भने ग्राजुएल्ली गएको व्यक्ति यो पटक बरिष्ठ बस अर्को पटक अध्यक्ष हुनु। पहाड चढ्न आजै पर्दैन, त्यो पहाड भाग्दैन त्यहीँ हुन्छ भोलि चढे पनि हुन्छ। त्यसैले मैले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वार भएर जाने अनुरोध स्वीकारको हुँ।

उसो भए २०२१ मा अध्यक्षका लागि फेरि भिड्ने हो त ? जवाफमा त्यो समय पछि आउँछ ऐले भने यो पटकको कुरा गरौँ, डा बन्जाडेले जवाफ दिए। उसो भए तपाइको एजेण्डा र घोषणा पत्र र कार्यक्रम के हुन्छन त ? त्यो पनि निर्वाचन पछि सुनिल जीको घोषणा पत्र र मेरो घोषणा पत्र मिलाएर एउटा नै कार्यान्वयन गर्छौं, उनले जवाफ दिए।

बाहिर जे सुकै भनिएता पनि पछि २०२१ मा अध्यक्षकै लागि हुनेगरी उनलाई मनाएको झलक भने आएको थियो। उनी खुशी पनि थिए, थोरै थोरै ग्राजुएल्ली भन्दै पछि अध्यक्ष हुने हिन्ट पनि दिंदै थिए। डा बन्जाडेले जवाफ यसरी दिन्थे कि उनको जित पक्का, त्यो पनि १००% ले।