-नेपालको १० देशसँग दोहोरो कर मुक्ति संझौता

नेपालको १० देशसँग दोहोरो कर मुक्ति संझौता, अमेरिकाको प्रयास अझै ओझेलमा

Hollywood Khabar March 03,2019 Comments

-कृष्ण के सी, अमेरिका, मार्च ४, २०२१

नेपाल सरकारले दक्षिण एशियाका र अन्य गरि विश्वका १० देशहरुसंग दोहोर करबाट मुक्त हुने सन्धि/संझौता गरिसकेको छ।

नेपाल र अमेरिकाविच सो संझौता गर्नको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले तत्कालिन अर्थमन्त्री राम शरण महतमार्फत गरेको प्रयास ओझेलमा परेको छ। त्यसपछि आएको एनआरएनए एनसीसी अमेरिकाको नेतृत्वले सो कुरा कहिल्यै पहल नै गरेन। नेपाल सरकारले यस्ता बिषय जान्दैन र भन्नु पर्नेले भन्दैनन।

दोहोरो करको लागि सन्धि नहुँदा नेपाललाइ भन्दा अमेरिकालाई धेरै फाइदा पुग्छ। यहाँको कानुन अनुसार अमेरिका बाहिर भएको संपतिको समेत कर तिर्नुपर्छ। अब नेपाली मुलका व्यक्ति या नेपालीले अमेरिकामा बार्षिक आन्दानीको कर फाइल गर्दा नेपालको खोरियोको कर यहाँ तिर्नुपर्ने हुन्छ। यदि सो संझौता हुने हो भने नेपालमा तिरेको करको प्रमाण पेश गरेपछि सरप्लस मात्र तिरे पुग्छ या संझौतामा एकातर्फ मात्र तिरे पुग्ने भन्ने प्रावधान भएको अवस्थामा सोहि अनुसार हुन्छ। अनि अमेरिकामा तिरेको कर नेपालमा जाँदा पनि सोहि ब्यबस्था अनुसार नै हुन्छ।

नेपालमा रहेको संपतिको कर अमेरिकामा तिर्ने कि नेपाल मा नै रोकेर देशमा तिर्ने त्यो भने नेपाल सरकारले हेर्ने अर्थ नीतिमा भरपर्छ। तर पनि एनआरएनका अभियन्ताहरुले यसतर्फ ध्यान पुर्याउनु जरुरी देखिन्छ।

यसै बीच नेपाल र बंगलादेशबीच मार्च ५, २०१९ मा दोहोरो कर मुक्ति सम्झौता हुने भएको छ। उसो त यो प्रस्ताव करिव २० बर्ष पहिला देखि नै प्रस्ताव गरिएको थियो। सो प्रस्तावमा नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिवबीच सम्झौता हुन लागेको कुरा अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारीले जानकारी दिएका छन्।

यसबाट एक अर्को देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। सम्झौता अनुसार दोहोरो कर तिर्नु पर्दैन। दोहोरो कर मुक्ति सम्झौता भएपछि एक देशमा कर तिरिसकेपछि अर्को देशमा सो कर कट्टी गर्ने सुविधा करदाताहरू सरकारले प्रदान गर्दछ, जानकरीमा उल्लेख गरिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार हाल नर्वे, थाइल्याण्ड, श्रीलंका, मरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, दक्षिण कोरिया, कतार, भारत समेत गरि नेपालले १० देशहरुसँग दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता गरिसकेका बताइएको छ।