https://www.youtube.com/embed/dFgNFOUKMPs

दिपक र प्रेम सापकोटाको गीतमा महेन्द्र गौतमको अभिनय

Hollywood Khabar April 16,2018 Comments

जीवन्त अभिनय गर्न सक्ने क्षमताका महेन्द्र गौतम अभिनीत प्राय गीतहरु चर्चामा रहने गरेका छन। पछिल्लो गीतमा पनि उनी साहुको रिनले गर्दा बिदेसिएको छोराको भुमिकामा देखियका छन। जापानमा बसेर गीत संगितमा निरन्तरता दिइरहेका लोकप्रिय सर्जकहरु दिपक कंडेल र प्रेम सापकोटा सोनुले ल्याएको गीत यस्तै छ बाबा यतिबेला बजारमा आएको छ। कंडेल र सापकोटाका थुप्रै गीतमा सहकार्य भएको छ। कठै मेरो जुनि, परदेस तिरै गयो, पैसा, बिष, जस्ता गीतहरु सार्वजनिक भएका छन्।
दिपक कंडेलले कोरेका थुप्रै गीतमा प्रेम सापकोटाले भाका बनायका गीतहरु दर्जन भन्दा धेरै आउने क्रममा रहेका छन्। लोकप्रिय गायक पशुपति शर्मा र प्रेम सापकोटा सोनुको आवाज रहेको नयाँ गीतमा प्रेम सापकोटा सोनु कै लय रहेको छ। गीतमा अभिनय महेन्द्र गौतम र सुरविर पंण्डितको रहेको छ। गीतको म्यूजिक भिडियो प्रेम थापाले निर्देशन गरेका छन्।