https://www.youtube.com/embed/Kb1L4dkavGY

दिपक कंडेल हृदय जलेपछि निर्देशक बन्नुभयो

Hollywood Khabar March 02,2018 Comments

हिरा मोति बाट आफ्नो सांगितिक यात्रा सुरु गर्नुभएका दिपक कंडेल हाल जापानमा हुनुहुन्छ। जापानबाटै छोटो समय थुप्रै गीत सिर्जना मार्फत सबैको मन जीत्ने मध्यका सर्जक दिपक कंडेलले अब निर्देशनमा पनि चासो देखाउनुभएको छ।
उसो त दिपकका सिर्जनामा दर्जन भन्दा धेरै गीतहरु बजारमा आइसकेका छन। ती मध्य कतिपय गीतका भिडियोमा दिपकको अभिनय समेत देख्न पाइन्छ। आफैमा सर्जक मोडल र अहिले निर्देशन समेत बन्नुभएका कंडेलले पहिलो पटक गरेको निर्देशन नै सफल भएको छ। कंडेलको निर्देशनमा बनेको यो ह्रदय जलाइ हेरे पछि थाहा हुन्छ गीतको सम्पूर्ण भिडियो जापानमा बनाइयको छ। गीतमा गंगा शर्मा र सुरेन्द्र प्रेमले अभिनय गरेका छन। तेजश रेग्मिको लय शब्द सिर्जनामा रहेको गीतमा तेजश रेग्मि र कृष्णा परियारको आवाज रहेको छ।