https://www.youtube.com/embed/3QIQhD5COwI

दिपक र कमलको झम्के साँझले मच्चायो तहल्का

Hollywood Khabar May 11,2018 Comments

परदेशमै रहेर गीत संगितमा तहल्का मच्चाइरहेका सर्जक दिपक कंडेल र रामु जिसि कमलको शब्दमा नया गीत हजारौ नेपालीको कथा ब्यथाको झम्के साँझ सार्वजनिक भएको छ।

हिरा मोतिबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल हाल जापानमा छन। जापानबाटै छोटो समय मै गीत सिर्जना मार्फत सबैको मन जितेका दिपक कंडेलले पछिल्लो समयमा भिडियो निर्देशन समेत गर्न थालेका छन्। उसो त दिपकका सिर्जना दर्जन भन्दा धेरै गीतहरु बजारमा आइसकेका छन। ती मध्ये कतिपयमा गीतमा दिपकको अभिनय समेत देख्न पाहिन्छ। आफै सर्जक, मोडल र निर्देशक समेत बनेका कंडेलले यस भन्दा पहिले नै २ वटा गीतको निर्देशन गरिसकेका छन।पछिल्लो गीत झम्के साँझ हेरेपछि भने दिपकमा परिपक्वता आएको थाहा हुन्छ।

झम्के साँझ गीतको सम्पूण भिडियो जापानमा बनाइएको छ। दिपक कंडेल र रामु जि सी कमलको शब्द सिर्जनामा प्रशान्त पौडेलले भाका बनाएको गीतमा सचिन चन्द र टिका पुनको आवाज रहेको छ। गीतमा सोना के सी र गगन कंडेलको अभिनय जमेको छ। सम्पादन गोबिन्द बिस्टले गरेका छन भने छांयाकन संगम प्रकाश कंडेलले गरेका छन।