-दिपा आले   

दोषीलाई फांसी दिने हिम्मत छ सरकार ?

Hollywood Khabar June 23,2018 Comments

विश्वकपको रौनक यति बेला संसारभर चल्दै गर्दा हाम्रो देशमा भने कुसंस्कार र कुरितीका कारण दिनप्रति दिन महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ।सुदुरपश्चिमाञ्चलको अछाम जिल्लामा महिनावारी बार्न छाउपडि गोठमा सुत्न जांदा पार्वतीलाई सर्पले डसेर ज्यान गुमाएको घटनाले सेलाउन नपाउंदै फेरी मध्येपश्चिम क्षेत्र बांकेमा युवा पत्रकार महिला अनुपासिंहको रहस्यमय ढंगले मृत्यु भएको हो ।त्यसैगरी भर्खरै मात्र बर्दिया जिल्लाकी ११ वर्षीय अस्मिता थारु मालिकको घरमा कमलरी बसेकै भरमा  रहस्मय हत्या गरिएको घटना बाहिर आएको छ । 

हाम्रो समाजमा यस्ता रहस्मय घटनाहरु दिनप्रतिदिन घटीत हुंदैछ तर सरकार भने नाजवाफ भएर बसेको अवस्था देखिन्छ।किन कि घटना रोकिनुको सटटा बढ्दैछ।संविधानले नै प्रत्येक मानिसलाई सम्मानपूर्वक बांच्न पाउने हक हुनेछ भन्दै गर्दा आज हाम्रो समाज कता तिर गईरहेको छ ? के कारणले आज यस्ता जगन्य अपराधिक घटनाहरु घट्दैछन् ? र यी सबै घटनाहरुमा किन महिलाहरु नै शिकार हुनु परेको छ  ? यसको बारेमा सोधखोज अनुसन्धान किन हुन सकेको छैन ?  

देशमा कानुन छ तर कानुन कता छ भनेर आज आम जनताले टर्च बालेर खोज्ने बेला आयो । तर सरकार भने मुकदर्शक भएर हेर्ने काम मात्र भएको छ।जसका कारण समाजमा यस्ता हिंसात्मक क्रियाकलाप गर्ने अपराधीहरु खुलेआम कानुनलाई चूनौति दिदै हिडीरहेका छन्।हाम्रै घर समाजमा यस्ता विकृतिपूर्ण घटनाहरु घटिरहेका छन् तर हामी मौन बसेका छौं । समाजमा हिंसात्मक घटना घटाउने गिरोहहरुलाई कानुनी दायरामा ल्याउन हामी चुकेका छौं।तर सत्यकोलागि लड्ने हिम्मत हामीमा छैन किन कि हामी पैसामा बिगेका छौं।धर्म संस्कृति र पुरुषबादी चिन्तनको नाममा महिलामाथि अन्याय अत्याचार गरिएको छ।जसको प्रत्यक्ष असर महिलाले भोग्नु परेको घटनाबाट प्रष्ट हुन्छ।शक्ति र सत्ताको त कुरौ छाडौं आज हाम्रो समाजमा किन यस्ता रहस्मय घटनाहरु घटदै छन् भनेर सत्यतत्य बुझ्नको लागि नागरिकलाई फुर्सद नै छैन । जो माथि जे घटना घट्यो सकियो । यसरी नै हाम्रो समाज गुज्रीएको छ ।

आज दिनडाहडै महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको घटना सुन्दा र देख्दा जो कोहीको पनि आङ्ग जिरिङ नहोला भन्न सकिन्।तर सम्बन्धीत निकाय भने बेखबर छ।किन कि यदि सम्बन्धीत निकायले सत्यतत्य घटना पत्ता लगाई अपराधीलाई कानुनी दायरामा पुराएर संजाय दिन सकेको भए आज यसरी खुले आम अपराधीहरुले अरुको ज्यान अकालमा लिने हिमम्त गर्ने थिएन।तिनीहरुलाई कानुनको डर त्रास हुने थियो।तर आज बेखबर अवस्थामा रहेका सरकारको कारण आज जनताहरुले स्वतन्त्र पूर्वक बांच्न भने पाएका छैनन् । 
जबजब देशको नियम कानुन कमजोर हुंदै जान्छ तब तब यस्ता डरलाग्दा घटनाहरु झांगिदै जाने गर्दछ।वर्तमान समयमा घटेको घटनाले पनि त्यही देखाएको छ।जसको प्रत्यक्ष असर गरिब जनताले भोग्नु परेको छ।विधिको शासनलाई लात मार्दै जब व्यक्ति मोटाउन थाल्छ तब बुझ्नु पर्छ कि अब देश जनताको हितमा छैन।किन कि यदि देशमा विधिको शासन भएको भए आज जनताले लोकतन्त्रको प्रत्याभूति गर्न पाउने थियो।तर कतिपय घटनाहरु नाताबाद, क्रिपावाद, विचारबादका कारण ठाउंका ठाउं दविने गरेको छ जसले गर्दा अपराधीहरु मोटाउदै छन् । किन कि त्यस्ता अपराधीलाई सत्ता र शक्तिले पक्षपोषण गरिएको छ । जसको  प्रत्यक्ष मार आम जनताले भोक्नु परेको छ ।  

सरकार सक्छौं भने चांडो भन्दा चांडो यस्ता हिंसात्मक घटना घटाई महिलाको ज्यान लिने गिरोह पत्ता लगाएर फांसी देऊ। अनि मात्र यो देशमा महिलाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन। प्रार्वती, अनुपासिंह र कमलरी बसेकी अस्मिता थारुलाई रहस्मय हत्या गर्ने अपराधीलाई छिटो भन्दा छिटो पत्ता लगाएर कानुनी कडघरामा उभ्याइयोस्।अनि मात्र जनताले सरकारको कामलाई स्याबासी दिनेछन् ।दोषीलाई फांसी दिने हिम्मत छ सरकार ?