-Krishna KC

दिनेभए सिदा देऊ, होइन भने घुमाएर देऊ, नदिने भए बिदा देऊ, कुरा एनआरएनका प्रवक्ताको

Hollywood Khabar November 20,2020 Comments

कृष्ण के सी, अमेरिका/११/२१/२०२०

समय तिहार सकिएको लगत्यैको छ, छठको शुभकामनाले फेसबुकका वालाहरु सकृय रुपमा चालु छन। कोरोनाले रोकेको भए पनि वातावरण चाहिँ अनलाइनमा देउसी भैलोको चलेको छ। टिकटकको भैली अझै आउँदैछ। अनि तिहारको शुभकामना दिने-लिनेको लहर चलेको थियो। मलाइ पनि दिए र मैले पनि लिए र दिएँ। त्यसैले आज एउटा शिर्षक उठाएँ, दिनेभए सिदा देऊ होइन भने घुमाएर देऊ नदिने भए बिदा देऊ।

उसै पनि म आफैंले दशैंको शुभकामना आदान-प्रदान जुममा भएपनि गर्नुपर्छ भनेर सुरु गरेको थिएँ। त्यसको भोलिपल्ट नै दर्जनौं वटा जुम दशैं कार्यक्रम सुरु भए। आज पनि म केहि शब्दको भैलो नै खेल्दैछु। सायद, तपाइँहरु धेरैलाइ मन नपर्ला, कतिलाई मन पर्ला र कतिलाई चाहिँ गफै त हो भन्ने लाग्ला। तर मेरो लागि भने यो सत्य कुरा हो, कसैले माने या नमाने पनि।

२००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आफ्नै गौरवशाली इतिहास छ। उतार चढाव जे सुकै भएता पनि संघ बिस्तारै बढ्दो रुपमा गएको छ। गुणका कुरा हुँदै गर्लान संख्यामा धेरै अगाडी छ। यससंगै संघमा पछिल्लो समयमा आएर बितृष्णा पनि उत्तिकै बढेर गएको छ। यसका पनि थुप्रै कारण छन्। पहिलो आश्वाशन दिने र पुरा नगर्ने, घोषणा र योजना भन्दा बाहिर गएर काम गर्ने अनि संन्स्थागत बिकासमा ध्यान कम दिने चलनले गर्दा संघ एक किसिमले उधेश्य तर्फ भन्दा अर्कै बाटो गएको छ। त्यो बिषयमा अर्को पटक उल्लेख गर्नेछु।

लेखनको न्यायमा सबै भन्दा पहिला लेखकले आफैंलाई नाङ्गोझार पारेर लेख्नुपर्छ अनि मात्र अरुका बारे भन्न मिल्छ भनिन्छ। त्यसैले आज आफू र एनआरएनए आइसीसीको आफ्नो जिम्मेवारीका बारे भन्दैछु। यो कार्यकालमा म आफू पनि मिडिया एण्ड पब्लिकेशन कमिटीमा को-चेयर छु।

संघको इतिहासमा धेरैजसो प्रवक्ता पद कम्प्रोमाइजमा मनोनयन गर्ने गरिएको छ। यो प्रचलनले गर्दा संघको संचारको पाटो पछाडी परेको छ। सायद जुगल भुर्तेल र डा हेम राज शर्मा जति कुनै पनि प्रवक्ताले सक्रिय रुपमा काम गरेको रेकर्ड कम नै होला।

अब अर्को पटक देखि प्रवक्ताको पनि योग्यता तोक्नु जरुरी देखियो। अझै भन्नुपर्दा कम्प्रोमाइज भन्दा संघको हितमा काम गर्न सक्ने संघलाइ बुझेको व्यक्तिलाइ मनोनयन गर्ने चलन बढोस। कम्तिमा पनि एनसीसी या आइसीसीको प्रवक्ता या संचार प्रमुख भएर एक कार्यकाल काम गरेको होस। अथवा आइसिसीको सूचना र संचारमा एक कार्यकाल काम गरेको होस्। यति मात्र होइन संघबारे धेरै अध्ययन गरेर संचार गरेको व्यक्ति होस्। यसका अतिरिक्त मल्टाइ मिडिया या मास कम्यूनिकेशन पढेको, जानेको, संचारमा आफ्नै मिडिया या अन्यमा काम गरेको हुनुपर्ने समेत देखियो।

यो भन्दा पनि धेरै त उपरान्त देखि अध्यक्षका प्रत्यासीले आफ्नो कार्यकालको प्रवक्ता को हुने भनेर निर्वाचन पहिला नै घोषणा गर्ने बैधानिक ब्यबस्था नै गरियोस। अझै उम्मेदवारी मनोनयन पत्रमा नै प्रवक्ता पिकको नाम समेत उल्लेख गरेर जानु पर्ने अवस्था देखियो। त्यसपछि जो अध्यक्ष जित्छ उसको प्रवक्ता त्यो प्रस्तावित व्यक्ति नै हुन्छ। अध्यक्षका प्रत्यासीले पिक गरेका प्रवक्ताले अध्यक्षका प्रत्यासीको निर्वाचनको प्रचार हेडको रुपमा काम गर्ने हुनुपर्छ। जसको कारण निर्वाचन पछि पनि सोहि ट्रेण्डमा प्रवक्ताले काम गर्न सक्छ।

अब बिधानमा सहायक प्रवक्ताको पनि आवश्यकता देखियो। जसले एनसीसी, क्षेत्र र संघको पब्लिकेशनको कामको जिम्मेवारी लिनेगर्छ। प्रवक्ताले संघ र अध्यक्षको तर्फाबाट भित्रको काम गर्छ। यसो गर्दा अध्यक्षको एजेण्डालाइ पछि पनि संघको हितमा लैजान सजिलो हुन्छ।

यो पटक हाम्रा प्रवक्ताले यो एक वर्षको कार्यकालमा कतिपटक बैठक बोलाउनु भयो त्यो त म आफूलाई थाहा छैन। तर पनि संचारमा केहि योगदान भने म आफूले पनि दिएको नै हो। तर पनि एउटा संचार ज्ञाप भने भएको छ। जति हुनुपर्ने हो त्यो रुपमा काम भएको छैन। धेरै जसो सदस्य त नेटवर्कमा नै आएका छैनन्। यो रुपमा काम गर्नु भन्दा आज भन्ने पर्ने भएको छ, दिनेभए सिदा देऊ, होइन भने घुमाएर देऊ, नदिने भए बिदा देऊ।

कृष्णार्पण !