-NRNA:एनआरएनए अमेरिकाज क्षेत्रको उप-संयोजकमा डिल्ली भट्टराई उम्मेद्वार हुने

NRNA:एनआरएनए अमेरिकाज क्षेत्रको उप-संयोजकमा डिल्ली भट्टराई उम्मेद्वार हुने

Hollywood Khabar September 14,2019 Comments

आदरणिय, गैर अावाशिय नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, नमस्कार।

नेपालमा प्राध्यापन देखि कर्पोरेट अमेरिकाको करिब दुई दशकको व्यावसायिक अनुभव तथा एनअारएन अमेरिकाको सल्लाहकार, उपाध्यक्ष हुदै ग्लोबल केन्द्रीय सदस्य भई एन अारएनए अभियानलाई सँस्थागतगर्ने सत्प्रायसका साथ बिश्वब्यापी नेपाली बैाद्दिकपूजीलाई अझ समाबेशी बनाई, कर्मभूमीका नेपालीको श्रीबृद्दी तथा जन्मभूमिको सँबृद्दीको अभियानमा साझेदारीताको पहिलो प्रयास स्वरुप गतबर्ष सानफ्रान्सिस्कोमा अायोजित पहिलो बिज्ञ सँम्मेलनको सफलतापूर्वक सँयोजन र सँपन्न गरेको कुरा यहाँ सामु छर्लङ्ग छ।

महाभूकम्पकका बेला भत्किएका बिध्यालयहरुको पूनर्निमाण गर्न होस वा हावाहुरीले धनजनको बिनासले अाहतमा राहत पुराउनहोस, एन अार एन ए अभियान्ताको रुपमा अमेरिका क्षेत्रका नेपालीहरुको माया र सद्वभावनादूतको रुपमा फाटेका मनहरुलाई जोडन सदैव प्रयासरत रहेको यहाहरुमा बिदितै छ।

अादरणिय दाजुभाइ तथा दिदिबहिनीहरु,

बिगत केही बर्षयता अार एन ए अभियान विभिन्न स्वार्थ समूहको दलदलमा अल्झिदा, "एक पटकको नेपाली सधैंको नेपाली" भन्ने हाम्रो मूलमागनै अोझेल परेको अबस्थामा छ।

अत: यहाहरुको बिचार र भावनाको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी मूलत निम्नलिखित ५ एजेन्डामा केन्द्रित रहने जानकारी गराउन चाहान्छु।

१) अासन्न एन अार एन ए को निर्वाचनमा अमेरिकी क्षेत्रको सम्मानजनक प्रतिनिधित्व

२) एन अार एन नागरिकताको सँबैधानिक अधिकार का लागि समयमै ऐन कार्यन्वयनका लागि क्षेत्रियस्तरको दवाव समूह को सँयोजन।

३) अमेरिका, क्यानाडा, ब्राजिल, चिली, र मेक्सिको लगायतका अमेरिकी क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका साझा समस्याहरुको सँबोधन गर्न सँबन्धित देशका राष्ट्रिय समन्वय परिषद सम्मिलित बृहत

सँयन्त्रको निर्माण तथा कार्यान्वयन।

४) साना तथा मझौला सामूहिक लगानीको लागि बिज्ञसमूह सहितको कानुनी र पारदर्शी सँयन्त्रको निर्माण।

५) बैाद्धिक लगानी, दोहोरो कर मुक्ति, तथा बैदेशिक लगानीको लाभ फिर्ताका कानूनी दायरा लाई सहझिकरण गर्न पहलकदमी।

माथि उल्लेखित समस्यालाई अवसरको रुपमा बदल्न तपाईहामी सबैको सत्प्रयासको अाबश्यकता छ। अत: यहाहरुको अाशिर्वाद र अमुल्यमतका लागि बिनम्र अनुरोध गर्दछु। अन्त्यमा अाउदै गरेको बिजया दशमीको पुनित उपलक्ष्यमा यहाँ र सपिवारमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

बिनित:

डिल्ली भट्टराई,

क्षेत्रिय उप सँयोजकको उम्मेदवार, अमेरिकाज