-एनआरएनए अमेरिका:महिला संयोजक दिक्षा बस्नेत उपाध्यक्ष (महिला) पदमा उम्मेदवार

एनआरएनए अमेरिका:महिला संयोजक दिक्षा बस्नेत उपाध्यक्ष (महिला) पदमा उम्मेदवार

Hollywood Khabar April 18,2021 Comments

हलिउडखबर, अप्रिल १८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा वर्तमान महिला संयोजक दिक्षा बस्नेत उपाध्यक्ष (महिला) पदमा उम्मेदवार हुनुहुन्छ।

नेपालको ओखलढुङ्गमा जन्मनु भएकी दिक्षा बस्नेत क्यालिफोर्नियाको उत्तरी भेग ग्रेटर सान फ्रान्सिस्को क्षेत्रमा बस्दै आउनु भएको छ। उसो त बस्नेत एक कुशल लेखिका एब्ं सन्चारकर्मी पनि हुनुहुन्छ।

२०१५ मा संघको सदस्य बन्नु भएकी बस्नेतले दुइ-कार्यकाल क्यालिफोर्निया राज्य च्याप्टर काम गरेपछि २०१९ मा महिला संयोजक पदमा बिजयी हुनुभएको हो। वर्तमान महिला संयोजक रहनु भएकी दिक्षा बस्नेत २०२१-२०२३ कालको लागि भने उपाध्यक्ष (महिला) पदको लागि उम्मेदवार हुनुहुन्छ।

उसो त बस्नेतले अमेरिकाको महिला संयोजक पदमा रहेर महिला सहभागिता, स्वास्थ्य, शिक्षा एब्ं मुलुकाका धेरै दुर्गम क्षेत्रमा आफ्ना सहयोगी हात बढाउने लगायत थुप्रै योजनाहरु गरेको र अझै पनि लिएर अगाडी बढेको बताउनुभयो। यो पटक उहाँले महिला सम्मेलन गरेर एनआरएनए एनसीसी अमेरिकाको इतिहासमा एउटा नयाँ खुड्किलो पनि थप गर्नुभयो।

यो पहलले नै यो पटक एनआरएनए एनसीसी अमेरिकाको नेतृत्वमा दर्जनौ महिला उम्मेदवारहरु रहन ठुलो भूमिका खेलेको, अब यो पटक देखि ५० % महिला सिट र भविष्यमा महिला अध्यक्ष देख्न पाउनु आफ्नो सपना रहेको बताउनु भयो।