-सांकेतिक तस्विर

प्रदेश प्रहरीको प्रमुख डीआईजी हुने सहमति 

Hollywood Khabar July 09,2019 Comments

२५ जेठ, काठमाडौं।अवदेखि प्रदेश प्रहरीको जिम्मेवारी नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)ले पाउने  भएका छन्।प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिले पनि डीआईजीले प्रदेश प्रहरीको जिम्मेवारी समाल्न पाउने सहमति बनाएको हो। यससघि सरकारले पनि यहि प्रस्ताव अगाडि सारेको थियो ।

डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन ।सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछन। प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दज्र्यानी चिन्ह लगाउनेछन् । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ ।