-Santa Sapkota-Khanal

गजल:ढुङ्गाजस्तै छ मेरो मुटु तिमी साट्न नखोज

Hollywood Khabar October 11,2020 Comments

-शान्ता सापकोटा खनाल, गोरखा; आरुघाट/१०/११/२०

ढुङ्गाजस्तै छ मेरो मुटु तिमी साट्न नखोज
सबै बुझ्छु आँखा पढेरै तिम्रो ढाँट्न नखोज !

यी शब्दहरू केवल काल्पनिकतामा मात्रै
उद्देश्य छ फरक , मेरो बाटो काट्न नखोज !

आकाश वर्षन्न अनि उम्रन्न धरती चिरी
तथ्यविना कुरा गरी दिमाग चाट्न नखोज !

दायित्वबोध हुन्न कि तिमीलाई अचेल कुन्नि ?
उराल्छौ नकारात्मकता फगत् झाँट्न नखोज !!