सामुदायिक भवन निर्माण गर्न धार्मिक महोत्सबको आयोजना

Hollywood Khabar July 24,2018 Comments

हार्दिक निमन्त्रणा
आदरणिय सम्पुर्ण नेपाली  बुवा आमा, दाजु भाई, दिदी बहिनिहरु, नेपाली कमिटिको सदस्य ज्यूहरु, संघसंस्थाको प्रमुख एंव प्रतिनिधिज्युहरु साथै पत्रकार  मित्रहरु !

नेपाली एसोसिएशन अफ नर्दन क्यलिफोर्नियाले अन्य नेपाली सस्थाहरुको साथ लिएर २०१० देखी सुरु गरेको नेपाली सामुदायिक केन्द्रको अभियान र हजुरहरुको ठुलो अर्थ दानको  सहयोग ले हामी 4462 Appian way, El Sobrante, CA 94803 को जमिन खरिद गर्न सफल भएको छौ।

अब, यस जमिनमा हजुर, हामीले सबैले कल्पना गरे जस्तै हाम्रो आफ्नै नेपाली सामुदायिक भवन निर्माण गर्न अरु थप आर्थीक संकलन स्वरुप यो धार्मिक महोत्सबको आयोजना निम्न मिती, समय र स्थानमा मा गरिएकोले हजुरहरुको महत्वपुर्ण उपस्थित र सहयोगको लागी हार्दिक अनुरोध गर्दछौ।

यस धार्मिक महोत्सबमा धार्मिक प्रबचन स्रवन गरी मन र अधत्यामिक शान्तिको लाभ लिनुका साथै धार्मिक कृयाकलापमा सहभागी भै धर्म कमाउनु हुन अनि नेपाली सामुदायिक भवन निर्माण गरी युगन्ताकारी एतिहासिक उपाहार हाम्रो भावी सन्ततिलाई दिएर जानुस।

जय नेपाली सामुदायिक भवन
Program schedule:
Venue : 6401 Bernhard Ave , Richmond, CA 94805
Date : 12th August 2018 - 19th August 2018
Time : 09:00 Am - 09:00 PM
धन्यबाद
रविन्द्र राइ
अध्यक्ष

नेपाली एसोसिएशन अफ नर्दन क्यलिफोर्निया
आयोजकको तर्फ बाट
नेपाली एसोसिएशन अफ नर्दन क्यलिफोर्निया
नेपाली  कमुनिटी सेन्टेर एड्-हक कमिटी
नेपाली कमुनिटी सेन्टर निर्माण आबद्व सस्थाहरु
नेपाली जनसम्पार्क समिती अमेरिका, क्यालिफर्निया च्याप्टर
कृयटिव नेपाल यूथ अर्गनाइजेशन
द  वाईट  जोन नेपाल
सन्नी सगरमाथा समाज
मडरल्याण्ड नेपाल
युनाईटेड किरात राई र्गनाइजेशान अफ अमेरिका, क्यालिफर्निया च्याप्टर
नेपाली एशोसिएशन अफ ग्लोबल को-अपरेसन