-उद्घाटन गर्न रमाउने प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गर्ने

उद्घाटन गर्न रमाउने प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गर्ने

Hollywood Khabar April 13,2021 Comments

महाभूकम्पको कारण ढलेको काठमाण्डौको धरहरा पुनर्निमाण अन्तिम चरणमा पुगेको र वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको जानकारी अनुसार २०७२ को महाभूकम्पबाट धरहरा ध्वस्त भएको थियो।

भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेपछि प्रधानमन्त्री ओलीले पुनःनिर्माण भएको धरहराको उद्घाटन गर्ने भएका छन्। आजकल नयाँ कुरा र अन्य बिषय भन्दा राजनीति र उद्घाटनमा रमाउने केपी ओलीको लागि यो अर्को चाटुक हुने भएको छ।