-तस्विर वेब

बालिका जलेको अवस्थामा मृत फेला-बलात्कारपछि जलाइएको आशंका 

Hollywood Khabar February 13,2019 Comments

३ फागुन, जनकपुर ।धनुषामा ११ वर्षीया बालिका जलेको अवस्थामा मृत फेला परेकी छन्।धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको जलेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको हुँदा बलात्कार गरि जलाएको हुनसक्ने प्रहरीले जनाएको छ।