तस्बिर साभार वेब

धान भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप

Hollywood Khabar October 18,2019 Comments

३ कात्तिक काठमाण्डौ।धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ।तराईका धेरैजसो जिल्लाका धानबालीमा‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले जनाएको छ।धेरै धान उत्पादन हुने झापा, सुनसरी, धनुषा, चितवन, बाँके, बर्दिया र कञ्चनपुरसम्मै फौजी किरा प्रकोपकै रुपमा देखिएको गुनासो आएको नार्कका प्रवक्ता हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो।यो फौजी कीराले धानका बाला काट्ने गरेको छ।धान हुर्कने बेला पात खाने फौजी कीराले पाकेर भित्र्याउने बेला धानको बाला काटेर हैरान पार्ने गरेको किसानको गुनासो छ।

बाला काट्ने भएकाले यस कीरालाई धानका बाला काट्ने किरा पनि भनिन्छ।धेरै किराको समूह हुने भएकाले यसलाई फौजी किरा भनिएको हो।तर यो अमेरिकी फौजी किरा भने नभएको विज्ञहरुको भनाइ छ।‘नार्कको टोल फ्री नम्बर ११३५ मा फोन गरेर किसानले धानका बाला काटेर किराले हैरान पारेको गुनासो गरेका छन्’, धानबाली विज्ञसमेत रहनुभएका नार्कका प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘विगतमा खासै नदेखिएको यो रैथाने किरा केही वर्षयता प्रकोपकै रुपमा फैलिएको छ।’