तस्बिर वेब

धादिङको गजुरी-६ त्रिसुलीमा बस दुर्घटना:मृत्यु हुनेको संख्या ५ पुग्यो

Hollywood Khabar May 18,2019 Comments

५ जेठ धादिङ।धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आज बिहान बस खस्दा ५ को मृत्यु भएको छ। ४ जनाको घटनास्थलमै र १ को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।दुर्घटनामा २९ जना घाइते भएका छन्।घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।