-तनहुँमा प्रहरीको भ्यान दुर्घटना

तनहुँमा प्रहरीको भ्यान दुर्घटना,१ जनाको मृत्यु ३० जना घाइते 

Hollywood Khabar January 14,2020 Comments

१ माघ,दमौली।तनहुँमा प्रहरीको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  भने ३० जना प्रहरी घाइते भएका छन् ।बुधबार साँझ प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लागेको मकर सक्रान्ती मेलाको सुरक्षामा खटिएको बा १ ग २११८ नम्वरको  भ्यान दुर्घटना हुँदा प्रहरी जवान सन्दिप केसी को ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका  डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।मेलाको सुरक्षाकोलागि पोखरा स्थित प्रहरी गणबाट आएको भ्यान तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिमाटीमा दुर्घटना भएको हो ।भ्यानमा ३४ प्रहरी सवार रहेको र घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।