-देउखुरी डान्सिङ स्टारको स्टारको ग्रान्ड फिनाले भदौ ३१ गते लमहीमा हुने

देउखुरी डान्सिङ स्टारको स्टारको ग्रान्ड फिनाले भदौ ३१ गते लमहीमा हुने

Hollywood Khabar September 11,2019 Comments

देउखुरी डान्सिङ स्टार सिजन ३ को अन्तिम प्रतिस्पर्धा लमहीको सार्वजनिक बगैँचा लमहीमा सम्पन्न हुनेभएकोछ । कार्यक्रमका संयोजक दीपक बर्माका अनुसार जेष्ठ २३ गते देखि सुरुभएको प्रतियोगिताको ग्रान्ड फिनाली यहि भदौ ३१ गते लमहीको सार्वजनिक बगैचामा हुनेछ।

अन्तिम प्रतिस्पर्धामा बर्षा कार्की, जोसना बार्तुला, ममता गिरी, रेजिना चौधरी, रमा खत्री, कविता थापा, सपना सुनार, रितु गुरुङ, अन्जना ग्रुप, यश.टि.संनक्यु गरि १० प्रतिस्पर्धीहरु रहेकाछन। उनिहरु १३५ जना मध्य सातौ राउन्ड पार गरि उत्कृष्ट १० मा प्रवेश गरेका हुन।

कार्यक्रम संयोजक दिपकका अनुसार ग्रेण्ड फिनालीमा चर्चित गायक प्रकाश सपूत संगै दोषहरण चौधरी, बसन्ती चौधरी, यादवनाथ योगी, बिजय पुन, ज्ञानेन्द्र स्वर्णकार, किशोर बन्जाडे, अनुप बुढा लगायत कलाकारहरु मुख्य आकर्षकका रुपमा प्रस्तुत हुनेछन।