-देउबा निवासमा तीन दलको बैठक, सरकार बनाउन छलफल

देउबा निवासमा तीन दलको बैठक, सरकार बनाउन छलफल

Hollywood Khabar April 08,2021 Comments

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक सम्पन्न भएको छ।

अप्रिल ९, २०२१ शुक्रबार बसेको तीनदलका नेताहरुको बैठकमा नेपाली कांगेसको नेतृवमा तीनदलको सरकार बनाउने बिषयमा छलफल भएको थियो। प्रस्तावमा नेपका माओवादी केन्द्रले समर्थन दिएपनि जनता समाजवादी पार्टीले समर्थन दिएको छैन र थप समय मागेका छ। जनता समाजवादी पार्टीले यसबारे आफ्नो पार्टीमा छलफल गर्न थप समय माग गरेको कुरा बैठकपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संचारकर्मीहरुलाई जानकारी दिएका छन्।