– प्रदीप पौडेल 

देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको– प्रदीप पौडेल

Hollywood Khabar April 17,2019 Comments

६ बैशाख , तनहुँ। तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताएका छन्। सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका हुन्। 

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उनको भनाइ थियो।निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । 

देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको– प्रदीप पौडेल युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गरे ।