-सांकेतिक तस्विर

कठै!यो मेरो देश खै कसरी चल्दैछ आमा !!

Hollywood Khabar May 01,2019 Comments


जातीय हिंसा दन्केर आगो बल्दैछ आमा !!
कठै!यो मेरो देश खै कसरी चल्दैछ आमा !!
 
आमाले कति  बोकेकी छिन देशको माया !!
जिउँदै तिम्रो छोरा सडकमा जल्दैछ आमा !!
 
खै कसरी मुस्कुराउन् ती लुम्बिनी,सगरमाथा
छिमेकीले कालो पानी सुस्त छल्दैछ आमा !!
 
यहाँ गृह युद्धमा फस्न लगेको छ हाम्रो देश!!
प्रतिकार बादी भन्छ सरकार ढल्दैछ आमा!!
 
जन्मेकै  हुन  गौतम  बुद्ध तिम्रो छोरा बनी !!
बलात्कारीले मौकामा कालो दल्दैछ आमा !!
जय चन्द्र सुर्य

-अभियन्ता सचिन पाण्डे अर्घाखाँची